नागरिक पोष्ट News


२०७६ साल वृश्चिक राशिको लागि :उच्चरक्तचाप, मधुमेह, यक्ष्मा आदि दीर्घरोगको सम्भावना छ

5.9K
वृश्चिक  (तो,ना,नि,नु,ने,नो,य,यी,यु) –

वृश्चिक राशिको लागि यो वर्ष मध्यसम्म अलमले रहेपनि उत्तरार्ध उपलब्धिमूलक रहने छ । शुरुशुरुमा आफ्नो कामलाई भन्दा बाहिरी काममा बढी समय दिनुपर्ने छ । फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै व्यवहारिकता निभाउन पर्ने ठाऊँमा चुकिनसक्ने छ ख्याल पुर्याउनु होला । अवसरको सदुपयोग गर्न सकेको खण्डमा भाद्र उपरान्त केही महत्त्वपूर्ण काममा सफलता प्राप्त गर्न सकिने छ । हिम्मत पनि नगिराउने र नविराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्ला ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई भने वादविवाद, मुद्धामामिला, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता प्रतिकूलता थोरधेर पर्ने नै छ । ससाना कार्यले अल्मल्याउँदा विशेष काममा समय दिन नसकिने, अधिक परिश्रमले थोरै उपलब्धिमा चित्त बुझाउन पर्ने, खानपान विपरित हुनसक्ने छ । विश्वासघाती चक्रब्यूह, कुलतीकुसंगतको भय पनि देखिन्छ । पछि पश्चाताप हुने काममा मनजाने जस्तो पनि नपर्ला भन्न सकिन्न । मानसिक उद्दिग्नता र निराशालाई हटाउन यथेष्ट धैर्यताको क्षमता बढाउनु नै बुद्धिमानी हुनेछ ।

शिर, नाककान घाँटी एवं छाती र दन्तरोग, अर्श (पाइल्स), ग्रन्थी (गाँठागुँठी) बढ्ने, वातव्याधि जस्ता स्वास्थ्य समस्याको सम्भावना देखिएको छ । उच्चरक्तचाप, मधुमेह, यक्ष्मा आदि दीर्घरोगी लगायत सम्बन्धितहरूले आहार विहार एवं नियमित औषधोपचारमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ । ग्रहानिष्ट एवम् तनावलाई समन गर्न तपाईले हनुमान तथा शनि महाकाल, भैरवदेव साथै माँ वगलामुखी र विद्यार्थीले विद्याकी देवी सरस्वतीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ 

Must View