२०७६ साल तुला राशिको लागि :चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ
तुला राशिको लागि यो वर्ष अधिकांश पक्षमा एवं समय अनुकूल देखिएको छ । थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । गुमेको मान प्रतिष्ठा तथा पुरानो साख एवं विग्रिएको सम्बन्ध र उद्यमहरू पुनस्र्थापित र सुधार गर्न सकिनेछ । न्यायिक क्षेत्र सबल रहनेछ । तर, विशेष र महत्त्वपूर्ण मानेको तथा ठानेको काममा अन्तिममा अड्चन पर्नसक्छ, जसको ग्रह उपचार अप्नाउनु बुद्धिमानी हुनेछ ।
विवाहयोग्य युवायुवतीलाई वैवाहिक बन्धनमा बाँधिने सौभाग्य मिल्नेछ । विवाहितहरूको दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । कुटुम्बिक सम्बन्ध बढ्ने छ । रोजगारको अभिलाषीहरूलाई नोकरी मिल्ने समय छ । कर्मचारीहरूको पदोन्नति हुनेछ । विद्वान गुरुजनको आर्शिवाद तथा शिष्यत्त्व प्राप्त गर्नसकिने छ । बोलीवचन, प्रवचन, गायन, उद्घोष्ण, वाचन, शिक्षणजन्य वाकवृति हुनेहरूको लागि विशेष कीर्तिप्रद वर्ष रहेको छ, सदुपयोग गर्नुहोला । खेलकुद आदि प्रतिस्पर्धामा आंशिक विजय तथा सफलता मिल्नेछ ।
जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि हात खुट्टा एवं फोक्सो, घाँटी–छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ । थायराइड, प्रोष्ट्रड, लिभज–प्याङ्क्रियाज, मिर्गौला, गर्भाशय आदि ग्रन्थी सम्बन्धित रोगको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । वर्षको अन्त्यतिर प्रतिकूलताको लक्षण प्रतित हुनसक्ने छ ख्याल पुर्याउनु होला । भैरवदेव एवं छिन्नमस्ता देवीको उपाशना तथा दर्शनभक्ति र इष्टदेवको साधना बढाउनु शुभकर हुनेछ । असहाय गरीब दीनदुःखलाई सेवासहयोग गर्नाले सम्भावित अनिष्टलाई कम गर्न मद्दत मिल्नेछ