नागरिक पोष्ट News


तपाईंको शनिबारकाे राशिफल के भन्छ ! ग्रह दशा यस्तो छ

2.8K

वि.सं. २०७५ चैत्र २३ गते शनिबार तदनुसार ई. सं. २०१९ अप्रिल ०६ तारिख, चैत्र शुक्ल प्रतिपदा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ, त्यसैले मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।

शुभरङ्ग : गुलाबी शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : हनुमान् अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : नैराश्यभाव त्याग गर्ने के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् ।

शुभरङ्ग : बैजनी वा पहेंलो शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : कुल÷पितृदेवता अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : खर्र्चमा नियन्त्रण के नगर्ने : विलम्ब र ढिलासुस्ती

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । सन्तानपक्षमा राम्रो छ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।

शुभरङ्ग : नीलो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : शिवजी अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी के नगर्ने : अनुशासन भङ्ग

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ ।

शुभरङ्ग : कालो शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : कुल÷पितृदेवता अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास के नगर्ने : अल्छीपन र अकर्मण्यता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ, किनभने भाग्यभावमा चन्द्रमाको प्रवेश हुँदैछ । आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन् । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला । आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : धर्मराज अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम के नगर्ने : अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत निरसता छाउने छ । घरायसी कामधन्दामा केन्द्रित हुनुपर्छ । व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुन ठिक हुन्छ । त्यस्तै विवाद, झैझगडामा समय खेर नफाल्नु राम्रो हो । पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।

शुभरङ्ग : नीलो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : भगवान् महादेव अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सुरुमा छैटौं चन्द्रमा भए पनि दिउँसोदेखि आनन्द र खुसीको वातावरण प्राप्त हुनेछ । बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ ।

शुभरङ्ग : हलुका रातो शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : राधाकृष्ण अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने के नगर्ने : कामुकता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । प्रेम तथा प्रणयप्रसङ्गमा मध्यम फल छ । बन्दव्यापारबाट लाभै हुने देखिन्छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : विष्णु भगवान् अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने के नगर्ने : मुद्दामामिला र झैझगडा

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पठनपाठनमा मन जानेछ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । सुरुमा पैसाको मामिलामा खासै फरक नपरे पनि साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

शुभरङ्ग : आकासे शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने के नगर्ने : अहङ्कार

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – दिनको सुरुवातमा सामाजिक र परोपकारका काममा दिलचस्पी बढ्ने देखिन्छ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । दिउँसोबाट मित्र र सहयोगीको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च गर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापार र रोजगारीका क्षेत्रबाट पनि भनेजस्तो उपलब्धी लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ ।

शुभरङ्ग : कलेजी शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : अष्टमातृका अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने के नगर्ने : लोभ र मोह

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने अनुकूलता हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउने छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् ।

शुभरङ्ग : हरियो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : गणेश अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने के नगर्ने : दुःखीको अपमान

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ ।

शुभरङ्ग : सेतो शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने के नगर्ने : फजुल खर्च

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Must View