नागरिक पोष्ट News


नेता योगेन्द्रकाे बयान यस्तो : रमिलालाई काखमा राखेर १० मिनेट मुख थुन्दा गयाे प्राण

3.4K

-Photo : Purbelinews.com

मोरङको बेलबारी ४ की २८ वर्षीया रमिला राईको हत्या आरोपमा योगेन्द्र गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । जिल्ला अदालत मोरङको श्रेस्तेदार ईश्वरमणि ओझाको इजलाशले शुक्रबार गुरुङलाई पुर्पक्षको लागि थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो। प्रहरीले अदालतमा पेश गरेको वयानमा गुरुङले दश मिनेटसम्म मुख थुनेका कारण रमिलाको मृत्यु भएको उल्लेख छ। घटना भएका दिन राति गुरुङ र रमिलासहित चार जना बसेर दुई बोतल रुस्लान भोड्का पिएका थिए।

रमिला र गुरुङसँगै बस्ने योजनासहित अरुलाई घर पुर्‍याएर फर्किने क्रममा दुई जनाबीच विवाद भएको थियो। घरको बरण्डामा आइपुगेपछि रमिलाले अचानक हल्ला गर्न थालेपछि गुरुङले मुख थुनेर भित्र लगेका थिए। घरभित्र पुर्‍याएर धलेल्दा ढोकाको चौखटमा ठोक्किएर रमिलाको निधार काटिएको र हल्ला गर्न नछोडेपछि काखमा राखेर दुवै हातले मुख थुनिदिएका थिए। दश मिनेटपछि रमिलाको मृत्यु भएको गुरुङले प्रहरीलाई बयान दिएका छन्।

Must View