नागरिक पोष्ट News


काठमाडाैंमा एक्कासी अन्धकार ! दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

5.3K

काठमाडौं । राजधानी काठमाडौंमा एकाएक अन्धकार छाएको छ ।बिहान साढे ६ बजेदेखि राजधानी माथिको आकाशमा कालो बादल मडारिएको हो ।अहिले पनि राजधानीका अधिकांश स्थानमा रात परेको जस्तै अन्धकार छाएको छ ।पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले काठमाण्डौसहित मध्य क्षेत्रमा धेरै देखिएको छ ।

यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । उहाँका अनुसार अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । यसकै प्रभावले पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । मौसमविद् बासीका अनुसार भोलि र पर्सि पनि मौसम खुल्ने सम्भावना छैन ।

Must View