हृदयविदारक तस्विर, टन्टलापुर घाममा ५० केजीको भारी बोक्दा बोक्दै निदाए यी बालक
2.7K
ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो (तापेथोक) नजिकै यी बालक निदाइरहेका छन् । नीलो भेष्ट, कालो हाफ पाइन्ट, नीला चप्पल ढुंगाको कापमा गुडुल्की परेर निदाएका छन् ।
उनको नजिक ५० केजी जति कोदाको भारी छ । उनको हात खुट्टामा घाउनै घाउ छ भने उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् । केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे । त्यही कारणको उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन ।हाम्रो देशमा वालश्रम मुक्त घोषणा गरिए पनि यस्ता धेरै बालक छन् । बालश्रमको नारा जति नै उछालिए पनि कार्यान्वयन नहुदा फितलो भइरहेको छ ।