नागरिक पोष्ट News


सिर्जनशील महिला समाजद्धारा महिला अभिमुखिकरण ७ दिने भाषण कला तालिम सम्पन्न

2.4K

नार्गजुन नगरपालिकाको सहयोगमा नागर्जुन न.पा.वडा नं. २ मा सिर्जनशील महिला समाजद्धारा महिला अभिमुखिकरण ७ दिने भाषण कला तालिम सम्पन्न भएको छ । सो तलिममा प्रमुख अतिथि नागर्जुन न.पा. वडा नं. २ को जनप्रतिनिधि विमला महर्जनले महिला दिदीबहिनीहरुको हकहित र उनिहरुको बौधिक तथा आयआर्जन हुने र महिलालाई अघि बढाउनको लागि आफू अहोरात्र खटिरहेको साथै यस तालिम पनि यसैको उपज बताउदै आगामी दिनमा पनि यस्ता तालिमहरु आवश्यकता परे सम्भव भए सम्म आफुले ल्याउने बताउनु भयो । साथै सस्थाको अध्यक्षले पहिलो दिन बोल्न डराउनेहरु आज अघाडि आएर माइक समाई बोल्न सक्ने भएकोमा खुशी व्यक्त गर्दे यस्ता तालिमले महिलालाई निडर बनाउने विश्वास दिलाउदै फेरि पनि यस्ता तालिम आवश्य भएको बताउनु भयो । त्यस्तै उपस्थित सबै महिला दिदीबहिनीहरुले तालिम राम्रो भएको र सो तालिम दिने प्रशिक्षक ब्रबिम बस्नेतले अतिनै सरल भाषामा आफुहरुलाई बुझाएको र आफुहरु तालिम पश्चात निर्धक माइक समाई बोल्न सकेको बताउदै खुशि व्यक्त गरे । ७ दिने भाषण कला तालिमका प्रशिक्षक ब्रबिम बस्नेतले पनि अहिलेको समयमा महिला अघि बढ्नु पर्ने र एक महिला सक्षम भए पुरा घर समाज र राष्ट्रनै विकास हुने साथै बोल्नेको पिठो बिक्ने नबोल्नेको चामलन िनबिक्ने भनेझै बोल्नु अति आवश्यक भएको बताउदै यस्ता तालिम सबैको लागि आवश्यक पनबताउनु भयो । कार्यक्रममा विभिन्न सस्थाकम महिला प्रतिनिधिहरको यपस्थित रहेको थियो । साथै पत्रकार तथा नागरिक समाजका अन्य अगुवाइहरको पनि बाक्लो उपस्थित रहेको थियो ।

Must View