नागरिक पोष्ट News


९० प्रतिशत युवा र ६० प्रतिशत युवती हस्तमैथुनमा सक्रिय, डाक्टरको सुझाब यस्तो !

3.1K

हस्तमैथुन यस्तो एउटा बानी हो, जुन किशोरवयसम्म पुग्दा प्रायःले सिक्छन्, यसबारे सुनेका हुन्छन्। म हस्तमैथुन गर्दिनँ भनेर दाबी गरे पनि सत्य अर्कै हुन्छ। आफैँ वा अन्य कुनै व्यक्तिमार्फत जननेन्द्रिय चलाई लिइने यौन आनन्दलाई हस्तमैथुनका रूपमा परिभाषित गरिन्छ। विश्वका करिब ९० प्रतिशत युवा र ६० प्रतिशत युवतीले हस्तमैथुन गर्ने गरेको बताइन्छ।

नेपाली युवायुवतीको हस्तमैथुनसम्बन्धी यकिन तथ्यांक नभए पनि अनौपचारिक स्रोतका अनुसार नेपालको वस्तुस्थिति पनि खासै फरक चाहिँ छैन। युवतीहरूले खुलेर भन्न नचाहने अर्थात् लजाउने कारण हस्तमैथुन गर्नेको संख्यामा वास्तविकताभन्दा कम देखिएको हो। तर, केटाहरूले चाँडै र सजिलै सिक्ने भएकाले नेपालमा पनि किशोरले बढी हस्तमैथुन गर्ने गरिएको अनुमान छ।

विशेषतः किशोरहरूको यौनसम्बन्धी पहिलो जिज्ञासा नै हस्तमैथुन र यससँग सम्बन्धित विषय पर्छन्। अनि आउँछन्, स्वप्नदोष, शीघ्रपतन, लिंगको आकार तथा यसको लम्बाइ, वीर्य स्खलन नहुने समस्या, लिंग उत्तेजित नहुने समस्या आदिबारे जिज्ञासा। नेपाली समाजमा हस्तमैथुनलाई लिएर युवामा अनेक थरी शंका, अन्धविश्वास र भ्रम व्याप्त छन्।

हस्तमैथुन गर्नाले मुखमा डन्डीफोर आउने, आँखा कमजोर हुने, उचाइ नबढ्ने, दुब्लाउने, लिंग बांगो हुने, शीघ्रपतन हुने, वीर्य निख्रिने, भविष्यमा नपुंसक हुने, विवाहपछि यौन सन्तुष्टि नमिल्ने आदि भ्रम छन्। किशोरवयमा शरीरमा अन्य परिवर्तनसँगै त्यसै पनि डन्डीफोर आउनु र शरीरका अन्य अंगजस्तै व्यक्तिपिच्छे लिंगको आकार तथा लम्बाइ पनि फरक हुनु स्वाभाविक हो।

पुरुषमा निरन्तर रूपमा वीर्य उत्पादन हुन थालेपछि निक्लिने बाटो त चाहिन्छ नै। त्यसैले प्राकृतिक तवरले यौनसम्पर्क राख्ने बेलामा जस्तै हातको सहायताले स्खलित गर्दैमा वीर्य निख्रिने, शीघ्र स्खलन हुने भन्ने हुँदैन। त्यसो हुँदो हो त विवाहित व्यक्तिहरूमा यी समस्या नदेखिनुपर्ने हो। र, नपुंसकताका पुरुषजन्य तथा महिलाजन्य आ–आफ्नै कारण छन्। नपुंसकता र हस्तमैथुन गर्ने बानीबीच खासै प्रत्यक्ष सम्बन्ध छैन।

चिनी पनि धेरै खायो भने तीतो हुन्छ। त्यसैले निश्चित परिधिमा रहेर गरिने हस्तमैथुनका कतिपय फाइदा छन्। वर्तमान अवस्थामा यौनजन्य हिंसाका घटना दिनानुदिन बढिरहेको परिप्रेक्ष्यमा आफ्नो यौनेच्छा शान्त पार्ने अर्थात् यौन आनन्द लिने अत्यन्त राम्रो विकल्प हस्तमैथुन नै हो। पटकपटकको हस्तमैथुनपछि हीनताबोध नगर्ने वा यससम्बन्धी अन्धविश्वास नपाल्ने हो भने यसले यौन अपराधलगायत अनावश्यक गर्भधारण, यौनरोग र एड्स संक्रमण घटाउन सघाउँछ।

तकिया, बेलुन, नरम खालका वस्तु वा खेलौना पनि प्रयोग गरेर आफ्नो यौनांगलाई घर्षण गराई यौन आनन्द प्राप्त गर्ने गरिन्छ। किशोर–किशोरीले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्तमैथुन हो। हस्तमैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्छ भन्ने निश्चित मापदण्ड छैन। यो व्यक्ति विशेषको यौनेच्छामा भर पर्छ।

दिनमै दुई, तीन पटकदेखि हप्ता, १५ दिनमा एक पटक हस्तमैथुन गर्ने व्यक्ति पनि छन्। त्यसैले यो त व्यक्ति विशेषले आफ्नो यौनेच्छामाथि नियन्त्रण गर्न सक्ने क्षमतामा पनि भर पर्छ। विवाहपछि यो बानीमा कमी आए पनि धेरै दिनसम्म यौनसम्बन्ध राख्न नपाएको वा नमिल्ने अवस्थामा विवाहितले पनि एकाध पटक हस्तमैथुन गर्ने गरेका छन्।

हस्तमैथुन गरेर पछुताउनुभन्दा हस्तमैथुन गर्ने बानीलाई नियन्त्रण गर्नु राम्रो हो। बढीजसो एक्लै बसेको अवस्थामा, यौनजन्य पत्रपत्रिका पढेको र फिल्म हेर्ने गरेको, यौन कुरा सोच्ने गरेको अवस्थामा हस्तमैथुन गर्न बल पुग्ने हुनाले एकान्त ठाउँमा बस्ने गर्नु हुँदैन भने यौन उत्तेजना बढाउने यौनजन्य साहित्य तथा पत्रपत्रिका पढ्न कम गर्नुपर्छ।

Must View