नागरिक पोष्ट News


हावाहुरी पिडितलाइ प्रदेश राज्य मन्त्री मण्डलद्वारा एक महिनाकाे तलव दिने घाेषणा

1.9K
  • आलोक यादव, सिरहा

प्रदेश २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले पनि बारा–पर्सा हावाहुरी पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । राज्यमन्त्री मण्डलले आफ्नो एक महिनाको तलब हावाहुरी पीडितलाई दिने बताएका छन् । उनले सोमवार बारा–पर्सा पुगेर हावाहुरीले वितण्डा मच्चाएको स्थलको निरीक्षण र पीडितहरुको पीडा बुझेका थिए । प्रदेश २ सरकारले घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई ३ लाख सहयोग गर्ने निर्णय सोमवार नै गरिसकेको छ । साथै घाईतेहरुको उपचार खर्च पनि व्यहोर्ने प्रदेश सरकारले जनाएको छ ।

Must View