नागरिक पोष्ट News


प्रेम कथामा ‘रोशनी’ नायिका कसिसको सुटिँग

3K
  •  आलोक यादव, लहान

नेपाली चलचित्रमा यत्तिबेला कसिस दाहाल रोशनीको जस्तो अग्रसर भइरहेकी छीन् । यसैले बुटवलमा सुटिँगको तयारीमा कसिस रोशनीको नामबाट रोशनी चलचित्रमा सक्रिय भएकी छीन् ।  चैत्र १४ गतेदेखि बुटवलको प्राकृतिक रंगिन शहर र गाउँ परिवेशमा सुटिँग भइरहेको छ । आधुनिक युगसँगै समाजिक विकृति विरुद्ध बुलन्दी आवाज उठाइएको ‘रोशनी’ चलचित्रमा अन्तरजाती प्रेमको कारण नायिका कसिसले भोग्नुपरेको पीडालाई चित्रण गरिएको छ ।

रोशनीको नामले कसिसलाई यस चलचित्रमा चित्रण गरिने भएको छ । दिक्षान्त मुभिज क्रेशनको व्यानरमा निर्माण हुन लागिएको ‘रोशनी’को निर्देशन खुम सुनार रहेका छन् । कलाकारहरुमा दीपक पाण्डे, रमेश आबजु, सुभाष परियार, उज्जवल गिरी, मेनुका गिरी, सन्जुलगायतका छन् । कसिस सफल नायिकाको रुपमा नेपाली चलचित्रमा अवतर भइरहेकी छीन् भने मधेशी मैथिली, भोजपुरीलगायतको चलचित्रमा अमिट छाप समेत छोडेका छन् ।

प्रदर्शनको तयारीमा रहेको ‘मिशन मधेश’ चलचित्रमा मुख्य नायिकाको रोल गरेकी कसिस मुजिक भिडियोमा समेत सक्रिय रहदै आएकी छीन् । 

Must View