नागरिक पोष्ट News


गर्मी लाग्यो ! मदिरा सेवन गर्ने व्याक्तिलाइ नै लामखुट्टेले बढी टोक्छ

2.8K

मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी आकर्षित किन हुन्छन् भन्ने चाहिँ खुलेको छैन ।

लामखुट्टेले रक्सी कसरी पत्ता लगाउँछन् ?

लामखुट्टेले मानिसहरुको पहिचान दुई केमिकलबाट गर्दछन् । पहिलो, कार्बनडाइ अक्साइड हो, जुन हामीले सास फेर्ने बेला बाहिर निस्किन्छ । दोस्रो, अक्टानोल हो । अक्टानोललाई मशरुम अल्कोहल पनि भनिन्छ । मशरुम अर्थात च्याउको स्वाद यही केमिकलबाट आउँछ । यो केमिकल हाम्रो शरीमा एल्कोहल अर्थात् रक्सी पिउँदा बन्दछ ।उन सक्ने यति धेरै क्षमता हुन्छ कि उनीहरुलाई सितिमिति नशा लाग्दैन ।

लण्डनको नचुरल हिस्ट्री म्युजियमको रेखदेख गर्दै आएकी एरिका म्याकएलिस्टर भन्छिन्- हानी गर्ने धेरैजसो केमिकललाई आफ्नो खानाबाट अलग गर्ने क्षमता अधिकांस किराफट्याङ्ग्राहरुमा हुन्छ । उनीहरुले बिस्तारै बिस्तारै शरीरबाट बाहिर निस्कासन गर्दछन् । उनीहरुले रक्सीदेखि हानीकारक ब्याक्टेरियासम्म पचाइदिन्छन् ।

लामखुट्टेले पनि सडेगलेका फल चुस्न मन पराउँछन् । पोथी लामखुट्टेले मात्र रगत चुस्छन् । किनभने अन्डा पार्नलाई चाहिने प्रोटिन उनीहरुले रगतबाट पाउँछन् । यसैगरी शक्ति प्राप्त गर्न भालेपोथी दुवैले फल र फूल चुस्छन् ।

तान्या डेप्की भन्छिन्, ‘रक्सी पिउने व्यक्तिलाई नै लामखुट्टेले मन पराउनुको कारण भने अचम्म लाग्दो छ ।’

जीनको कारण पनि आकर्षित हुन्छन् लामखुट्टे

मानिसहरुको जीनको कारण पनि लामखुट्टे आकर्षिक हुन्छन् । विश्वको जनसंख्याको पाचौं हिस्साको जीनमा यस्तो चिज हुन्छ, जसबाट लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् ।

त्यसमध्ये एक कारण हो ‘ओ ब्लड ग्रुप’ । अन्यको तुलनामा ‘ओ’ रगत समूह भएका व्यक्तिलाई लामखुट्टेले टोक्ने आशंका दुई गुणा बढी हुन्छ ।

शरीरको तापक्रम बढी भएका कारण पनि लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् । गर्भवती महिलालाई पनि लामखुट्टेले बढी टोक्छन् । जुन व्यक्तिले गहिरो स्वास छाड्छ त्यसलाई पनि लामखुट्टेले बढी टोक्छ । किनभने उसले कार्बनडाइअक्साइड ग्यास छोड्छ र यसबाट मानिस भएको पत्तो पाउँछ लामखुट्टेले ।

लामखुट्टेका अलग अलग प्रजातिले शरीरको अलग अलग हिस्सामा टोक्छन् । कुनैले खुट्टामा, कुनैले पन्जामा, कुनैले गर्धनमा टोक्छन् । कुनैले चाहिँ अनुहारमा पनि टोक्छन् । शायद उनीहरुले मानिसको नाक र मुखबाट निस्कने कार्बनडाइअक्साइड सुँघ्दै त्यहाँ पुगेका हुनसक्छन् ।

तान्या भन्छिन्, ‘म कोस्टारिका गएको बेला लामखुट्टेले मेरो पैतालामा टोके । यो कसरी सम्भव भयो ?’

रक्सीबाट निस्किने एथेनोलले पनि यसैगरी लामखुट्टेलाई मानिसतर्फ आकर्षित गर्दछ । जब हामी रक्सी पिउँछौं, हाम्रो पसिनासँगै थोरै मात्रामा एथेनोल पनि निस्किन्छ । लामखुट्टे यसको गन्धबाट मानिसहरुसम्म पुग्छ ।

सन् २०१० मा बुर्किना फासोमा गरिएको एक अध्ययनबाट रक्सी वा बियर पिएपछि लामखुट्टेले बढी टोक्ने गरेको निष्कर्ष निस्किएको थियो ।

तान्या भन्छिन्, ‘यदि तपाईं भोकै भौंतारिरहनु भएको छ भने तपाईंको कदम पनि आफसेआफ त्यही दिशातिर लम्किन्छ जताबाट खानाको बास्ना आइरहेको छ । यसैगरी एथेनोलबाट पनि लामखुट्टेले संकेत पाउँछ कि आसपास उसको भोजन छ ।’

लामखुट्टेको टोकाइबाट बच्न लागि के गर्ने ?

१.सामान्यतया लामखुट्टे पानी जम्ने खाल्डाखुल्डी भए बढी मात्रामा फैलिन्छ। यस्तोमा लामखुट्टेले अण्डा पर्ने र बच्चा हुर्काउने भएका कारण यस्ता खाल्डाखुल्डीहरु पुर्नुपर्छ।

२. सयपत्री, तुलसी, पुदिना, लेमन ग्रास, लसुन, ब्रम्हबुटी आदी प्राकृतिक रुपमा लामखुट्टे भगाउने विरुवाहरु हुन् । यसमा भएको वासनाले लामखुट्टे भाग्ने हुनाले घरको छेउछाउ वा गमला मै भएपनि यस्ता विरुवाहरु रोप्नु राम्रो हुन्छ।

३. त्यस्तै लामखुट्टे फोहोरमा बढी फैलने हुँदा सकेसम्म आफ्नो घरआँगन सफा राख्ने। त्यस्तै कुनाकाप्चा तथा र अँध्यारो ठाउँमा लामखुट्टे बस्ने हुनाले यस्तो ठाउँ सफा र खुला राख्नु पर्छ।

४.गर्मी याममा लामखुट्टेबाट जोगिन घर वरिपरिको सरफाइमा ध्यान दिनुपर्छ । फोहोर तथा पानी जम्ने खाल्डा भए त्यहीबाट मच्छड फैलने डर हुन्छ ।

५. नरिवल तथा नीमको तेलको मिश्रण बनाएर त्यसको दियो बाल्नुपर्छ । यसबाट पनि लामखुट्टेको समस्याबाट मुक्त हुन सकिन्छ ।

६.लामखुट्टेको टोकाईबाट बच्न भटामास, तोरी, नीम आदिको तेल शरीरको खुल्ला भागमा लगाउनाले र लसुनको खानाले पनि सहयोग पुर्‍याउँछ ।

७..यस बाहेक झुल लगाउने, हलुका रंगका पुरा बाहुला भएका कपडाहरु लगाउने, साँझमा झ्याल ढोका लगाउने भनेको थाहा भएको कुराहरु हुन् ।

Must View