नागरिक पोष्ट News


हावाहुरीको वितण्डाले शोकमा तराई , एउटै परिवारको ५ जना सम्म घाइते , रगतको अभाव

2.8K

काठमाडौं –आइतबार राति आएको हावा र हुरीले बारा र पर्सामा अकल्पनीय क्षति भएको छ । अहिले सम्म जानकारीमा आएसम्म २८ जनाको मृत्यु भएको छ । भने ४ सय भन्दा बढी घाइते भएका छन् । प्राकृतिक विपत्तिले बारा र पर्सा शोकमग्न बनेको छ ।बारा र पर्सा जिल्लामा भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख प्रकट गरेका छन् । उनले हावा हुरीबाट ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।हावा हुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ ।

एकतिरबाट हावाहुरी आएको थियो बारामा, अझै थुप्रै च्यापिएको आशंका

हुरीका कारण घाइते भएकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएका छन् । घटना रातिको समयमा भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।घाइते भएका बिरामीको रगत अभावका कारण उपचारमा सम स्या भएको छ । हावाहुरीमा परी गम्भिर घाइते भएकाहरुमा एबी पोजेटिभ, बी पोजेटिभ ए पोजेटिप लगायतको अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् ।हावाहुरीमा परि ३ सय भन्दा बढी घाइतेको नारायणी अस्पताल, विरगंज र विरगञ्ज हेल्थ केयर हस्पिटल, नेशनल मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुलाई अस्पताल ल्याउने क्रम जारी छ । एम्बुलेन्स कम भएकाले गाउँगाउँबाट ट्याक्टर, मोटरसाइकल भ्यानमा समेत घाइतेहरु ल्याउने क्रम जारी रहेको वीगरञ्जमा कार्यरत स्वास्थ्यकर्मी जयमोद ठाकुरले बताए ।घटनामा परीएउटै परिवारको ५ जना सम्म घाइते छन् ।रगत अभावका कारण घाइतेकाे उपचारमा समेत समस्या देखिएको छ । प्रधानमन्त्री ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

हावाहुरीबाट घाइते भएका सर्वसाधारणको उपचारमा कठिनाई आएको छ।नारायणी अस्पतालस्थित रक्तसञ्चार केन्द्रमा आवश्यक परिमाणमा रगत नहुँदा घाइतेहरुको उपचारमा समस्या आएको हो।रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ। घाइ तेको उपचारका लागि रक्तसञ्चार केन्द्रमा एक पिन्ट रगत पनि नभएको जानकारी आएको छ।रगतको अभाव भएपछि अहिले आकस्मिक स्वेच्छिक रक्तदानकाा लागि सर्वसाधारणलाई आह्वान गरिएको छ।नारायणी अस्पतालमा १०० जना, नेशनल मेडिकल कलेज वीर गञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा १०० जना, गण्डक अस्पतालमा २७ जना र एडभान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Must View