बिरामीलाइ अस्पतालमा रगतको अभाव : तपाइको १ शेयरले धेरैको जीवन बाच्न सक्छ, सक्दो शेयर गरौ
5.4K
काठमाडाैं । बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएको छ । आइतबार एक्कासी आएको हावाहुरी र असिना–पानीका कारण ठूलो संख्यामा घाइते भएपछि उपचारका लागि रगत अभाव भएको हो ।
घाइतेहरूकाे उपचारमा खटिएका एक चिकित्सकका अनुसार ब्लट बैंकमा ब्लट नभएको कारण बिरामीको उपचार रोकिएको छ। उनकाे अनुसार एबि पोजेटिभ, ओ पोजेटिभ, ए पोजेटिभ र ए नेगेटिभ रगतको अभाव भएको हो । छिटो भन्दा छिटो ब्लट चाहिएको पनि उनले बताए ।
अस्पताललाई एकैचोटी धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ । प्रदेश नम्बर २ मा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले ट्वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गरेका छन् । उनले फेसबुक र ट्वीटमा लेखेका छन्, ‘वीरगन्ज अस्पतालमा रगतको अभाव देखियो, स्थानीय साथीहरु वीरगन्ज अस्पताल गई तत्काल रगत दान गरौँ ‘