नेपालमा अहिलेसम्मकै डरलाग्दो हावाहुरी, मृत्यु हुनेको संख्या ३२ पुगिसक्यो
हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ । बारामा मात्र २४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।
अहिलेसम्मकै डरलाग्दो हावाहुरी, मृत्यु हुनेको संख्या ३२ पुगिसक्योपर्सामा एक जनाको मृत्यु भएको छ । रौतहटमा भने मानवीय क्षतिको खबर छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएको पुष्टि भएको जानकारी दिएका छन् । साथै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
· 6h
बारा/पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएकोछ। यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ।
हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
84 people are talking about this
हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।