नागरिक पोष्ट News


हावाहुरीले बारा र पर्षामा ठूलो क्षति,२५ जनाको ज्यान गयो, ४ सय भन्दा बढी घाइते

6.4K

काठमाडौं । हावाहुरीले बारा र पर्षामा आइतबार व्यापक धनजनको क्षति गरेको छ । दुबै जिल्लामा गरेर ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने यो संख्या अँझै बढ्न सक्ने अनुमान गरिएको छ ।

काठमाण्डौ – आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनु भएको छ । 

तराईमा विनाशकारी हावाहुरी : २५ जनाको ज्यान गयो, ४ सय भन्दा बढी घाइते  

उज्यालो 

K P Sharma Oli@kpsharmaoli

 · 23m

बारा/पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएकोछ। यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ।

K P Sharma Oli@kpsharmaoli

हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

40

22:37 - 31 Mar 2019

Twitter Ads information and privacy

24 people are talking about this

बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । हताहत हुनेको संख्या अझै बढ्ने सक्ने आशंका गरिएको छ । 

Must View