नागरिक पोष्ट News


तीन दिनकाे माैसमी विवरण सार्वजनिक, पानी कहिले रोकिन्छ ?

2.4K

काठमाण्डु,  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पूर्वसहित अधिकांश स्थानमा वर्षा हुने जनाएको छ ।

महाशाखाले आज देशैभर मौसम बदली भएको छ । काठमाण्डु उपत्यकासहित देशका पूर्वी क्षेत्रमा आइतबार दिउँसो र साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो पूर्वी र मध्य भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

अहिले प्रि–मनसुनको समय हो । यस्तो बेला हावाहुरी आउनु तथा चट्याङ पर्नु स्वाभाविक र नियमित प्रक्रिया भएकाले सचेत रहन मौसमविद् वरुण पौडेलले बताए ।

यस्तो छ तीन दिनको मौसमः

चैत्र १७ गते (आइतवार)

दिउँसोः पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वी भू–भागहरुका धेरै तथा मध्य र पश्चिमी भू–भागहरुका केहि स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ ।

रातिः पूर्वी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशका पूर्वी भेगका केही स्थानहरु तथा मध्य र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

चैत्र १८ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशको पहाडी भेगको केहि स्थानहरुमा र तराई भेगको १–२ स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमालि भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

रातिः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै र पश्चिमी भू–भागहरुका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

चैत्र १९ गते (मंगलबार)

दिउँसोः देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भेगको थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

रातिः देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भेगको १–२ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

Must View