पोखरा दिउँसै अन्धकार, एक फिटसम्म असिना जम्यो !
2.7K
पोखरा, १७ चैत्र 2075 पोखरामा एक्कासी पानी र असिना परेपछि दिउसै अन्धकार बनेको छ । दिउसो करिव साँढे ३ बजेतिर परेको असिना पानीले पोखरा अन्धकार भएको हो ।
पोखराका अधिकांश ठाउँमा असिना सहित पानी परेको स्थानीयले बताएका छन् । दिउसै अँध्यारो भएपछि सडकमा सवारीहरु दिउँसो बत्ती बालेर गाडि चलाएका थिए । असिना पानीले पोखराका विभिन्न क्षेत्रमा बालीनालीलाई सामान्य क्षेती गरेको छ ।
असिना पानी करिब १० मिनेट सम्म परेको थियो । असिना पानीको कारण कास्कीमा लगाइएका लहरे खेती, गहुँ, फुलेको फलफुल, तरकारी लगायतका अन्नबालीमा असर परेको हो ।
पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित देशभरको मौसम भोलि देखि क्रमिक रुपमा सुधार भई सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।