२ दिन लगाएर डिपो पुगेकी जुनकला चामल नपाएपछि रुँदै घर फर्किइन्
लेखक : एच.बी ताम्राकार
२ दिन लगाएर डिपो पुगेकी जुनकला चामल नपाएपछि रुँदै घर फर्किइन् ।आशु थाम्न नसकेर केहि बेर बगिरहयो ।म जन्मिएको देशकै प्रदेश नं ७ का मुख्यमन्त्री केहि महीना अगाडी रातो कार्पेटमा सवारी भएको नौलो तस्विर वाहिरिएको थियो ।उक्त तस्विरको तारिफ़ १० प्रतिशत भएको हुनुपर्छ भने आलोचना ठ्याक्कै ९० प्रतिशत ।यस्तै-यस्तै जनताको मन दुख्ने तस्विरहरु धेरै बाहिरिए होलान् । ति घटनाहरुको लेखाजोखा निकट भविष्यमै पक्कै गरिने छन्।तर आज यो तस्विरले मेरो मात्रै होईन् आम नेपालीको मन रुवाएको छ ।
बाजुराको हिमाली गाउँपालिका २ बिच्छयाकी जुनकला बुढा १३ वर्षकी भइन्।स्कूल जाने उमेर हो ।पेट पुज्नकैलागि २ दिन डाडापाखा हुडेर सहर पुग्नुपर्छ ।त्यो पनि अध्ययनकालागि होईन् । चामल किनेर ल्याउनकालागि । २ दिन भोकभोकै हिड्नुपर्ने समस्या पनि हुन्छ । गाउँमा कुनैपनि समस्या भयो भने घण्टौ हिडेर सहर धाउनुपर्ने बाध्यात्मक अवस्थाहरु छन् ।वर्तमान सरकार गठन भएको १ वर्ष बढ़ी भइसक्यो ।नारापनि रमाईलो छ। “समृद्ध नेपाल सुखी नेपाली” वर्तमान सरकारको गौरवशाली नारा नै हो ।ग्रामीण भेगहरुमा छोयो की छोएन् भनेर गाउमा अध्ययन वा अबकोलन गर्न जाने हो भने पक्कै थाहा हुने छ ।
यि १३ वर्ष की महिला जुनकला रुदै घर फर्किनुपर्ने घटनाले यो मन र मुटु नराम्रोसंग बिझ्यो । उनि प्रतिनिधि पात्र मात्रै हुन् । उनीसँगै गाउँका ४५ जना चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगे। गाउँलेसँगै कवाडी डिपो पुगेकी उनी चामल नपाएपछि रुँदै घर फर्किएकी छन्।अहिले नेपाललाई ७ प्रान्तमा बिभाजन गरिएको छ । स्थानीय सरकारले स्थानियहरुको भावना , समस्या , पिडाहरु , आवश्यकताहरु नजिक भएरपनि बुझ्न सक्दैन् भने कसले बुझीदिने । भारत, चिन, अमेरिका वा अरु कुनै अरु देशहरुले । यो त परको कुरा भयो ।नगर प्रमुख , महानगर प्रमुख , राज्य प्रमुख वा देश प्रमुख …. पक्कै ढिलै भएपनि बुझिदिनु होला ।
हुनत नेतृत्वकालागि सुन्य समस्या छ । चाहे अनुसार घुम्न , लाउन , खान् , बस्न ,उपचार गर्न, मनोरंजन गर्न र आदिआदि पाउनु भएको छ ।जनता त के हुन र सिवाय भोटर भने जस्तै भएको छ ।जनताको आँसु पुच्छनुस् , जनताको मार्का बुझिदिनुस् , जनताको चुल्हो बालिदिनुस् , अकालमै मर्नबाट जोगाईदिनुस् …..बस यति मात्रै सुरुआतमा चाहिएको छ ।
अनि हामी बसेर कुरा गरौला कुन पहाड़ फोडेर ट्रेन ल्याउने , कुन डाडामा पोल गाडेर हावा बाट बिजुली निकाल्ने , कुन गाउलाई सिंहदरवार घोषणा गर्ने , कुन सहरमा ग्यासपाईप जोड्ने , कुन नदिमा पुल भत्काएर पानी जहाज़ कुदाउने , कुन देशसंग मिलेर नेपाली आकाशमा मिसाइल कुदाउने आदि आदि ……….