नागरिक पोष्ट News


१७ बर्षे दिब्याको मोडलिङ्ग यात्रा (फोटो फिचर)

3.1K

भर्खरै १७ टेकेकी दिव्या ढुंगाना कि ईलाम कि स्थाई बासिन्दा हुन। बिधालय अध्ययन देखिनै मोडलिङमा सपना देख्ने गरेकी उनले २०७४ को एसईई परिक्षा दिईसक्ने बित्तिकै सौन्दर्य प्रतियोगिता ‘एसईई आईकन २०१८’ मा भाग लिई बेस्ट फिगरको उपाधि पनि प्राप्त गरेकी थिईन।

अहिले १२ को अध्ययनको क्रममा रहेकी दिभ्या ५ फिट ४ ईन्च उचाईकी छिन। सानो उमेरमै आधा दर्जन फेशनशो हरुमा मोडलको रुपमा र्याम्प नापिसकेकी उनि अबका दिनमा म्युजिक भिडियोहरुमा आउने सोचभएको बताउछिन।

कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गर्ने क्रममा उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्टनेपालमा आबद्द भएको बताईन । परिवारको साथले मोडलिङ्गमा प्रवेशगरेको बताउने दिव्यालाई हेरौ आकर्षक तस्बिरमा।

 

 

 

Must View