नागरिक पोष्ट News


मलाई अमेरिकी विमानस्थलबाट भूमिगत शैलीमा लगियो - प्रचण्ड

3K

काठमाडौं । अमेरिकामा पत्नी सीता दाहालको उपचार गरेर १० दिन पछि स्वदेश फर्किएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको बेलिविस्तार गरेका छन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पत्नी दाहालको स्वास्थ्य अबस्थामा उल्लेख्य सुधार आएको बताउँदै अमेरिकामा भएका गतिविधिका विषयमा चर्चा गरे ।

उनले आफू जहाजमै रहेका बेला आफ्नाविरुद्ध अमेरिकामा उजुरी गरेको भएपनि अमेरिकाको एयरपोर्टमा पुग्नेवित्तिकै भुमिगत रुपमा गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको बताए ।

अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ ।’

अध्यक्ष प्रचण्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीहरुले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए । प्रचण्डलाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ । हुनेवाला केही पनि थिएन ।

अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन सर्कुलर’ जारी गरिसकेको थियो । प्रचण्डले अमेरिकामा रहँदा नेपाली समुदाय र अमेरिकी अधिकारीहरुसँग समेत भेट भएको भन्दै नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको समेत जानकारी गराए 

Must View