नागरिक पोष्ट News


नेपाललाई व्यापारको केन्द्र बनाउ : प्रधानमन्त्री ओली

2.1K

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन्।

राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए।

Image result for नेपाललाई व्यापारको केन्द्र बनाउ : प्रधानमन्त्री ओली

नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डो–याउन सकिने आशावादी सोच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्रीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने बताए।

निर्धक्क भएर लगानी गर्न विदेशीलाई आव्हान

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले लगानी अनुकुल वातावरण बनेकाले निर्धक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गरेका छन्।

Image result for लगानी सम्मेलन २०१९

राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९का सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री खतिवडाले स्थिर सरकार संगै मुलुकमा संघियताको सफल कार्यान्वयन भईसकेकाले लगानीका लागि उपयुक्त वातावरण बनेको बताए।

लगानी सम्मेलनका संयोजक समेत रहेका अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको पनि अन्त्य भएको तथा लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको मुलुक भएकाले निधक्र्कका साथ लगानी गर्न आग्रह गरे। सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको स्पष्ट पारे।

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्यः महत

काठमाडौं। पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन्।

Image result for ramsharan mahat

राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९ लाई सम्बोधन गर्दे उनले संभावना नै संभावना रहेको मुलुकमा लगानीको सुनिश्चितता बढी हुने भएकाले नेपालको लगानीमा ढुक्क बन्न विदेशी लगानीकर्तालाई आग्रह गरे।

उनले राजनीतिक खिचातानीमा लामो समय गुजारेको मुलुक राजनीतिक स्थायित्व संगै समग्र आर्थिक विकासको बाटोमा अघि बढेको उल्लेख गरे। उनले  राजनीतिक स्थिरता संगै मुलुकको प्राथमिकता आर्थिक विकास रहेकाले लगानीको लागि आवश्यक वातावरण बनेको उनले स्पष्ट पारे।

विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पुर्ण समर्थन गर्ने भन्दै उनले निजी क्षेत्रलाई लगानीमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए। पछिल्लो समय नेपालमा विदेशी लगानी अत्यन्तै न्यून रहेको भन्दै उनले विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकार संगै आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने स्पष्ट पारे।

उनले खेलकुद, पर्यटन, उर्जा लगायत कयौ क्षेत्रमा नेपाल लगानीको लागि उपयुक्त रहेको पनि उनले उल्लेख गरे। उनले मुलुकको आर्थिक विकासका लागि आवश्यक विदेशी लगानी भित्र्याउनका लागि सम्पुर्ण शक्ति प्रयोग गरिनुपर्नेमा पनि जोड दिए।

Must View