नागरिक पोष्ट News


कर्णेलकी छोरी उपासना सिंह ठकुरी : फिल्मी पर्दामा ‘क्याप्टेन’की प्रेमिका

6.3K

वास्तविक जीवनमा आर्मीका कर्णेलकी छोरी उपासना सिंह ठकुरी फिल्मी पर्दामा ‘क्याप्टेन’की प्रेमिकाको रुपमा प्रवेश गरिन् । अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी उनको सपना आर्मी बन्ने नै छ । भिन्न सपना हुँदाहुँदै उनी कसरी आइपुगिन् फिल्म क्षेत्रमा ? फिल्म क्षेत्रले उनलाई कसरी स्वागत ग-यो त ? अनिल यादवले उनीसँग गरेको अन्तरंग कुराकानीः

पहिलो फिल्मको रेस्पोन्स कस्तो आयो त ?

पहिलो फिल्म भएकाले एकदमै डर लागेको थियो तर रेस्पोन्स सोचेभन्दा राम्रो आयो ।

फिल्मकै रेस्पोन्स राम्रो आएको कि तपाईंको कामको पनि ?

(मुस्कुराउँदै) अडियन्सले त ‘ओभरल’ नै भन्नुभएको होला ।

तर, फिल्मले त सोचेजस्तो व्यापार गरेको देखिएन नि ?

खोई, त्यो त मलाई थाहा भएन । भुवन (केसी) सरहरुले भनेअनुसार त राम्रै भइरा’छ ।

आफैँले आफ्नो फिल्म हेर्दा कस्तो महसुस भयो ?

आफूले सुधार गर्नुपर्ने धेरै कुराहरु रैछन् भन्ने फिल भयो ।

आर्मीकी छोरी, फिल्म क्षेत्रमा कसरी आइपुग्नुभयो तपाईं ?

पहिलादेखि नै यो फिल्ड मनपथ्र्यो । फिल्म राम्रो भइरहेको सुन्दा खुशी लाग्थ्यो तर आफैँ आउँजस्तो लाग्दैन थियो । यत्तिकैमा मलाई जिया दिदी (केसी)ले ‘नानु एकपल्ट मलाई भेट, मुभीका लागि कुरा गर्नुछ’ भन्नुभयो । म पनि हेरौँ न त कस्तो हुन्छ भनेर भेट्न गएँ । तैपनि मनमा ‘मुभी गर्दिनँ’ नै भन्ने थियो तर जिया दिदीले मलाई एकदमै कन्भिन्स गर्नुभयो । राम्रो हुन्छ गर अनि म पनि गाइड गर्छु भनेर सम्झाउनुभयो । अनि बल्ल तयार भएँ ।

जिया केसीले तपाईंमा त्यस्तो के देख्नुभएछ र प्रस्ताव गर्नुभयो ? 

त्यो त उहाँलाई नै सोध्नुपर्छ (हाँस्दै) ।

‘के देखेर मलाई अफर गर्नुभयो’ भनेर सोध्नुभएन र ?

त्यसरी त सोधिनँ । उहाँले इन्स्टाग्रामको फोटोहरु देखेर अनि मुभीमा चाहिएकोजस्तो रोलका लागि सुट हुन्छ भन्ने फिल भएर प्रस्ताव गरेको भन्नुभएको थियो ।

इन्स्टाग्राममा त तपाईं खुब सक्रिय हुनुहुन्छ है ? अँ, हल्का (मुस्कुराउँदै) ।

फलोअर्स पनि टन्नै छन् है ? अँ, ७० हजार जति पुगे ।

हिरोइन भएपछि झन् बढेको होला ! फिल्म खेल्नुअघि ३० हजारजति थियो । त्यसपछि १ वर्षमा ४० हजार जति बढे । फिल्मकै कारण हो या मेरो फोटोहरुको कारण, त्यो त थाहा भएन (हाँस्दै) ।

फिल्म खेल्नुअघि अरु केही काम गर्नुहुन्थ्यो ?

कहाँ गर्नु ? भर्खर त १२ कक्षा सकेर ब्याचलर ज्वाइन गरेकी छु । फस्ट इयरको स्टुडेन्ड हुँ म अहिले ।

हिरोइन बन्नुअघि फिल्म कत्तिको हेर्नुहुन्थ्यो नि ?

अँ, म हेरिरहन्थे । सौगात मल्लका फिल्म नछुटाई हेर्छु । दयाहाङ राई, अनमोल केसी, प्रदिप खड्काको फिल्महरु पनि म हेरिरहन्छु ।

हिरोइन ख्यालख्यालमै भइयो है ?

ख्यालख्यालमै त भन्न नमिल्ला कि ! किनभने अफर आएपछि सबैसँग सरसल्लाह गरेर, बुझेर नै खेलेकी हुँ । गर्न सक्छु भन्ने आफूमा पनि आत्मविश्वास बढेपछि नै खेलेकी हुँ । मुभी भनेको करोडौँ दर्शकमाझ पुग्ने कुरा हो नि ! खेल्ने भएपछि त सोचेरै गर्नुप-यो । नत्र त फ्युचर डुबिहाल्छ नि !

फिल्मको अफर आएपछि परिवारबाट कस्तो प्रतिक्रिया आयो ?

मेरो मामुको त ‘गर्छाै र’ भन्नेखालको रिएक्सन थियो किनभने मैले यसअघि कहिल्यै यो फिल्डमा रुचि देखाएकी थिइनँ । बरु मेरो बहिनीको रुचि नाटकतिर थियो । रुचि छ र गर्न सक्छौ भन्ने लाग्छ भन्ने गर भनेर हौसला बढाउनुभयो । त्यसपछि मेरो अभिभावकले भुवन सर (केसी)हरुसँग भेट्नुभयो अनि खेल्ने पक्का भयो ।

अबको लक्ष्य हिरोइनमै जम्ने भन्ने हो या अरु नै केही छ ?

सुरुमा त मलाई पढाइ सकाउनु नै छ किनभने जुन फिल्डमा गए पनि पढाइ एकदमै मह-त्वपूर्ण हुन्छ । यही फिल्डमा निरन्तरता दिँदा पनि पढाइले ठूलो मद्दत गर्छ । त्यसैले ब्याचलर्स सक्ने मेरो पहिलो प्राथमिकता हो । सँगसँगै पढाइ नबिग्रिकन काम गर्न सकियो भने मुभी पनि गर्छु तर मेरो अर्को बच्चैदेखिको लक्ष्य पनि छ है ! मेरो ड्याडी अहिले आर्मीको कर्णेल हो । आर्मीको छोरी भएकाले होला मलाई पनि आर्मीमा भिड्ने मन छ तर ड्याडले नजाऊ भन्नुहुन्छ । अब ब्यालर्स सकिएपछि फेरि अनुरोध गर्छु, ड्याड मान्नुभयो भने त भिड्ने हो एकपल्ट ।

अनि देशको लागि लड्ने हो ?  (प्रश्न सुनेर उनी जोडले हाँसिन् मात्र ।)

पढाइ र अभिनयलाई सँगैसँगै लाने सोच पनि रहेछ । गाह्रो होला नि ?

मिलाउन खोज्ने हो तर पढाइ त छोड्दिनँ ।

अब तीन वर्ष उपासनालाई फिल्म देख्न नपाइने हो त ?

खोई, अहिले नै भन्न सकिँदैन (हाँस्दै) । भ्याएसम्म मुभी गर्छु होला ! फस्ट मुभी गरेपछि ममा फिल्मप्रति रुचि बढेको छ, जाँगर बढेर आएको छ ।

एक्टिङ सिक्नुपर्छ भन्ने लागेको छैन ? अँ, लागेको छ नि ! ‘क्याप्टेन’का लागि त दुई–तीन महिना वर्कशपमै अभ्यास गरेकी हुँ । अब थिएटर सिक्न मन छ ।

फिल्म खेल्नुअघिसम्म अनमोल केसीलाई कसरी चिन्नुहुन्थ्यो ? म उहाँलाई राम्रो स्टारको रुपमा चिन्थेँ । पहिलेभन्दा अहिले उहाँको काममा धेरै सुधार भइसक्यो ।

अनि, उहाँकै को–एक्टरका रुपमा काम गर्ने अफर आउँदाको रि–एक्सन कस्तो थियो नि ? खुशी लागेको थियो । भुवन सरसँग भेटेको दिन नै मैले अनमोलसँग पनि भेटेकी हुँ । एकदमै सहयोगी छ अनमोल । सुरु दिनदेखि नै मलाई एकदमै गाइड गरेको हो, सहयोग गरेको हो । उसमा स्टार हुँ भन्ने घमण्ड अलिकति पनि देखिनँ ।

एउटा स्टार कलाकारको फिल्मबाट डेब्यु हुँदा फाइदा/बेफाइदा के बढी हुनेरै’छ ? हाम्रो लागि त अवसर नै हो किनभने स्टारडम बोकेको कलाकारको फिल्मबाट डेब्यु हुन पाइयो भने धेरै दर्शकमाझ पुगिने सम्भावना बलियो हुन्छ ।

तर नयाँ कलाकार त छायाँमा पर्ने सम्भावना पनि बलियो हुन्छ नि, होइन र ? मलाई त त्यस्तो फिल भएन । कोही पनि कलाकार एकैपल्ट स्टार हुने होइन । उनीहरुको काम दर्शकले मन पराउँदै गएपछि पाइने उपलब्धि हो । बरु अनमोलसँगको डेब्युले मलाई पनि उनकै लेभलसम्म पुग्नुपर्छ, उनीजस्तै काम गर्न सक्नुपर्छ भन्ने भावना जागेको थियो । यो त राम्रै कुरा हो नि, होइन र !

डेब्यु फिल्म, सुटिङ गर्न कत्तिको सजिलो भयो त ? पहिलोपल्ट भएर होला, एकदमै गाह्रो फिल भयो । हिरोइन बन्न सजिलो रै’नछ । म त मुभी हेर्दा त्यति गाह्रो होला भन्ने लाग्दैनथ्यो तर एउटै सिन सुट गर्न ५–६ घन्टा लागेको देख्दा छक्क परेँ । कहिले त रातभरि सुटिङ हुन्थ्यो । राति सुत्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर के गर्ने ? गर्नैपथ्र्यो (हाँस्दै) ।

गीतको सुटिङ गर्दा दुर्घटना पर्नुभएको भन्ने पनि सुनेको थिएँ, हो ? हो नि ! तिलिचो तालमा ‘रहर छ सँगै’ गीतको सुटिङ हुँदैथियो । अनमोल र म बोटमा थियौँ । अर्को एकजना दाइ पनि हुनुहुन्थ्यो । उहाँ तल झरेपछि मेरोमा बढी लोड भयो अनि म तल तालमा खसेँ । ताल गहिरो थियो । मैले अप्ठेरो कपडा लगाएकीले पौडिन मिल्दैनथ्यो । धन्न सिनेमाटोग्राफर नवराज दाइले हत्तपत्त आएर निकाल्नुभयो, नत्र त पक्का डुबिन्थ्यो !

‘क्याप्टेन’पछि अरु फिल्ममा अफर आयो कि छैन ? अँ, आइरहेको छ । ट्रेलर रिलिज भएदेखि नै आउन थालेको हो । ६–७ वटा जतिबाट आइसक्यो ।

कुनै कन्फर्म गर्नुभयो त ? कन्फर्म गरिसकेकी त छैन तर सोचिरा’छु ।

स्क्रिप्ट पढ्दै हुनुहुन्छ ? नेपालमा स्क्रिप्ट पढ्दै छु नै त कसरी भन्नु ! अनेस्ट्ली भन्दा स्क्रिप्ट त देखाउनु नै हुन्न सुरुमा । वन लाइन स्टोरी भने सुन्न पाइयो ।

अब फिल्म गर्दा कस्तो खालको गर्ने मन छ ? सामाजिक कथा बोकेको फिल्म गर्ने मन छ । जस्तो, ‘झोला’, ‘छड्के’ । फिल्ममार्फत् समाजमा केही परिवर्तन ल्याउन सकियोस् भन्ने लाग्छ । ‘क्याप्टेन’मा पनि त्यस्तै फिल भएर नै गरेको हो ।

फिल्म क्षेत्रमा आउनुअघिसम्म यो क्षेत्र कस्तो होला भन्ने लाग्थ्यो र आइसकेपछि के फरक पाउनुभयो त ? मैले खासै त्यसरी त कहिले सोचिनँ किनभने यो फिल्डमा आउँछु भन्ने कहिल्यै लागेकै थिएन । फिल्म हेर्दा देखेजस्तो सजिलो रैनछ, काम गर्न धेरै मिहिनेत हुनेरै’छ भन्ने थाहा भयो । यत्ति हो ।

नयाँ कलाकारलाई यो इन्डस्ट्रीले कसरी स्वागत गर्दोरहेछ । तपाईंको अनुभव सुनाउनुस् न ? मैले त राम्रै पाएँ । पहिलो दिनदेखि नै मलाई भुवन (केसी) सरहरुले एकदमै राम्रो व्यवहार गर्नुभयो । नयाँ भएकीले क्यामेराको सटहरुको विषयमा पनि केही जानकारी थिएन । सबै कुरा एकदमै राम्रोसँग सिकाउनुभयो ।

तपाईंको पहिलो फिल्म नै खेल विधामा बनेको प-यो, त्यो पनि फुटबलको कथामाथि । रियलमा फुटबल कत्तिको मनपर्छ नि ? वल्र्ड कप त हेर्छु तर मलाई प्लेयर्सहरुको नाम एउटाको पनि थाहा छैन (हाँस्दै) ।

लौ, फिल्ममा खेलाडीको प्रेमिका बन्नुभएको छ तर रियलमा एउटै खेलाडीको नाम थाहा छैन ? (हाँस्दै) हो नि ! म रियलमा खासै फुटबल फलो गर्दिनँ तर हेर्न थालेपछि रमाइलै लाग्छ ।

यो फिल्म क्षेत्रको चित्त दुखाउने कुरा के रहेछ त ? मलाई त केही पनि चित्त दुख्ने कुरा छैन, अहिलेसम्म त । सायद फस्ट मुभी भएर पनि होला । खासै म मतलब नलिने भएर पनि होला, केही कुराले पनि त्यस्तो चित्त दुख्दैन ।

भनेपछि सधैँ सुखी, सधैँ खुशी हो ? सायद हो (हाँस्दै) ।

रिस त उठ्छ होला नि कहिलेकाहीँ ?  अँ, त्यो त उठ्छ ।

रिस उठ्ने कुरा के रैछ त फिल्म क्षेत्रको ? रिस पनि उठ्दैन हौ, त्यति साह्रो त (हाँस्दै) । नाइट सुट छिटो सकिए हुन्थ्यो भन्ने लाग्थ्यो, त्यही हो । x 

तपाईंको पुख्र्यौली घर कता हो ? पुख्र्यौली घर त दार्चुला हो । मेरो मामु/ड्याडी दुवैजना जागिरे भएकाले जताजता पोस्टिङ हुन्थ्यो, त्यतै जानुहुन्थ्यो । बच्चामा म हजुरबुबा, हजुरआमासँग बसेँ । एलकेजीसम्म त्यहीँ पढेँ । त्यसपछि म काठमाडौं आएँ । काठमाडौँमा म मेरो ठूलो मामुहरुको फेमिलीसँग बसेँ ।

From : SulavKhabar.com

Must View