नागरिक पोष्ट News


प्रचण्डजस्तै देखिने कालीबहादुर मल्ल ! जसलाई देखेर सांसद नै झुक्किन्छन

4.6K

काठमाडौँ । कालीबहादुर मल्ल नेकपाका अध्यक्ष प्रचण्ड जस्तै , उनी प्रचण्डजस्तै देखिन्छन् । उनलाई देख्नेहरु प्रचण्ड ठानेर हरेक दिन झुक्किने गरेका छन् ।

तत्कालीन माओवादी २०६३ सालमा शान्तिप्रक्रियामा आएदेखि नै उनलाई प्रचण्ड सोचेर मान्छे नझुक्किएको दिन नै छैन । प्रचण्डजस्तै देखिने यी व्यक्तिपनि २०५२ सालमा सुरु भएको जनयुद्धमा प्रचण्डसँगै भूमिगत भएका थिए । शान्तिप्रक्रियापछि २ पटक संविधानसभा सदस्य भएका उनी अहिले राष्ट्रियसभा सदस्य छन् ।

सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्डजस्तै देखिने यी व्यक्ति हुन् कालीबहादुर मल्ल । जो २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति गरिरहेका छन् । प्रचण्डको राजनीतिक ‘मुभमेन्ट’ जस्तो हुन्छ, त्यसलाई इमान्दार कार्यकर्ता भएर उनले पछ्याउँदै आइरहेका छन् ।

तपाईँ प्रचण्ड हैन र ! उनलाई पहिलोपटक देख्नेहरु प्रचण्ड भनेर झुकिन्छन् । एक दिन हैन हरेक दिन । कतिपय त तपाईँ प्रचण्डको आफन्त हो भनेर पनि सोध्छन् । कपाल काट्न गयो, हजामले तपाईँ प्रचण्ड हैन भनेर सोध्छन् । उनले ताजा अनुभव सुनाए–‘हालैमात्र एकजना पत्रकार दगुर्दै आए । तपाईँ त प्रचण्डजस्तै लाग्यो, बोलिदिनुपर्यो भने । मैले टाइम छैन पछि भेटौला भनेँ ।’

बाटोमा हिँडिरहेको बेला पनि मान्छेहरु उनलाई एकटकले हेर्छन् । धेरैले प्रचण्ड नै हो कि भनेर हेरिरहन्छन् । कसैले सोधिपनि हाल्छन् । - रातोपाटी

 

Must View