नागरिक पोष्ट News


प्रधानमन्त्रीको आलोचना गर्दा युवती पक्राउ, सिधै जेल चलान

2.3K

एजेन्सी । बंगादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको छ ।

किरोनले प्रधानमन्त्री हसिनाले फुटबललाई वेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनको भनाइले देशभरका नागरिकलाई हतोत्साहित गरेको आरोप लगाइएको छ । उनलाई शनिबार नै जेल पठाइएको छ । धरौटीको समेत अफर दिइएन । मानवअधिकारवादीले हसिनाले कडा कानुनको प्रयोग गरेको भन्दै आलोचना गरेका छन् । किरोनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटलाई विभेद गरेको आरोप लगाएकी थिइन् ।

Must View