नागरिक पोष्ट News


कालो बिरालोले बाटो काटे अशुभ ! साइतै बिग्रेको मानिन्छ (पुरा पढी शेयर गर्नुहोस्)

4.2K

बिरालोले, बाटो काटेको, कागले बिष्टाएको अशुभ मानिने

साँझ परेपछि वा रातको समयमा ऐना हेरेको, कुचो लाएको, अनि कपाल कोरी-बाटी गरेको नराम्रो !

हिंड्ने बेला, गृहप्रवेश गर्दा, जन्ती निकाल्दा, दुलही अन्वाउँदा बत्ति निभेको सकसपूर्ण !

दुध खाएर वा पिएर बाहिरफेर हिंडेको

फुटेको ऐना हेरेको, उल्टो कपडा लाए/राखेको, घोप्टो जुत्ता-चप्पल तथा खराउ अनि उत्तानो राखेको टोपी नराम्रो !

साइत समयको एक अंश हो । कुनै नयाँ काम शुरु गर्न अथवा विशेषत यात्रामा निस्कन अघि मनन र आँकलन गरिने समय तथा सन्दर्भको विन्दु साइत हो । मुहूर्त या लगन पनि भनिने यस्तो समयको अंश प्रायश उचित प्रकारको रहने विश्वाश गरिन्छ । खगोलज्योतिषको मान्यताअनुसार यस्तो समयखण्ड ग्रह या नक्षत्रको प्रभाव हेरी किटान गरिन्छ र कुनै काम गर्न/नगर्न उपयुक्त/अनुपयुक्त छुट्याइन्छ ।

आफ्नो रीतिरिवाजअनुसार शुभ ठानिएको यस्तो समय शुभ साइत भएको मानिन्छ र यस्तो सुसाइतमा कुनै पनि कार्य जस्तै विवाह, ब्रतबन्ध, व्यवसायको थालनी, पढाइ, यात्रा, गृह प्रवेश, चलचित्र छायांकन इत्यादिको शुभारम्भ गर्नको लागि उपयुक्त हुने जनविश्वास साथै शास्त्रीय मत रहेको छ । जुरे जुराएको वा जोखाना हेरेर वा विशेष अध्ययन र अनुमान गरेर निर्धारण गरिने समयको यस्तो पाबन्दी एउटा विश्वाश हो र संस्कारको तौर पनि ! युवा विश्लेषक एबम् शिक्षाकर्मी केशव नेपालका अनुसार साइत ब्रह्मज्ञानको एक छनक दिने समयको खण्ड हो ।

उपनिषद् तथा हाम्रा ज्योतिष अनि होराजस्ता शास्त्रीय विज्ञानले निर्दिष्ट गर्ने समय र खगोलीय अवस्थितिको मिलन विन्दु साइत हो र उत्तम साइतमा जीवनका विविध कार्यहरू गर्ने बानी बसाल्नु राम्रो हुन्छ । जसरी एउटा पर्वतारोही चढ़ानमा जानअघि स्वास्थ्य जाँच गराउँछ, मौसम अनुकूल वा प्रतिकूल कसो छ हेर्छ र आवश्यक उपकरण र झिटिझाम्टासाहित लक्षतिर बढ्छ, त्यसरी नै जिन्दगीका कदमहरू चालिए नराम्रोभन्दा राम्रो नै हुने दृष्टान्तहरू धेरै छन् ।

मत अभिमत जे भएपनि आफूलाई नराम्रो लाग्ने गरेका प्राय व्यक्ति वा वस्तु देखे-भेटे राम्रो हुँदाहुँदै पनि नराम्रो हुने वा उल्टो सोच्ने गरिएको पाइन्छ । राम्रो सोच्दा र गर्दा त नराम्रो हुने जमानामा सोझै नराम्रो कुराले दिमाग झुण्ड्याएर राख्नु त झन् कताको राम्रो होस् र !?

के-के भए साइत बिग्रेको मानिन्छ ?

रुखमा बसेका अथवा तारमा बसेका चराहरू जिस्कने स्वभावका पनि हुन्छन् ! तल कोही मान्छे वा गाईवस्तु आए पिचिक्क विश्ट्याउने गरेको भेटिन्छ ! हिंड्दा अनि काम गर्दा सावधानी अङ्गीकार गर्नुको सट्टा साइत सप्रे-बिग्रेको भन्नेहरूको कुरो बेग्लै हुनेगरेको पाइन्छ ! मत अभिमत जे भएपनि आफूलाई नराम्रो लाग्ने गरेका प्राय व्यक्ति वा वस्तु देखे-भेटे राम्रो हुँदाहुँदै पनि नराम्रो हुने वा उल्टो सोच्ने गरिएको पाइन्छ । राम्रो सोच्दा र गर्दा त नराम्रो हुने जमानामा सोझै नराम्रो कुराले दिमाग झुण्ड्याएर राख्नु त झन् कताको राम्रो होस् र !?

जे भए पनि निम्न अवश्था भए अशुभ मानिने गरिन्छ

खाना चलाउँदा डाडु-पुन्यु जे हो त्यो भाँचिएको अशुभ मानिने ! बिरालोले, कागले, स्यालले अनि सुँगाले बाटो काटे झस्किने र डर मान्ने गरिएको ! (दाहिनेबाट देब्रे उड्ने काग, चील आदि भने राम्रो) बिरालोले घरको दुध चोरेर खाएको र मान्छेलाई चाटेको नराम्रो ! भोजतिर हुँदा प्युने पानी पोखिएको, पहिलो गाँसमै ढुङ्गा लागेको वा अड्किएको राम्रो नमानिने ! निर्जन स्थानमा अनि सुख्खा रुखमा सुँगा गाउँदै बसेको तथा झगडा गरेको नराम्रो ! साँझ परेपछि वा रातको समयमा ऐना हेरेको, कुचो लाएको, अनि कपाल कोरी-बाटी गरेको नराम्रो ! कतै निस्कने बेलाको, विशेष मान्छेसँग बोल्दाको अनि खाँदा-प्युदाको छिंक (हाछ्युं) राम्रो नमानिने ! (तर, छ्युं पछि खोकेको राम्रो) हिंड्ने बेला, गृहप्रवेश गर्दा, जन्ती निकाल्दा, दुलही अन्वाउँदा बत्ति निभेको सकसपूर्ण ! कतै निस्कँदा कसैले पछाडितिरै खिचेको वा कता हिँडेको भनेर सोधेको अपसकूनको सङ्केत ! (सह जाने खतरा !) दुध खाएर वा पिएर बाहिरफेर हिंडेको त्यत्ति सकूनको नमानिने ! (आमाको दुध पिएको बच्चाको हकमा भने अन्यथा नमानिने) चिप्लिएको अनि ठेस लागेको तथा साना राम्रा बच्चालाई राम्रो गरी बोलाको नराम्रो !

(केटाकेटीलाई कमशल शब्द प्रयोग गरेको सुने केही राम्रो मानिने) पूजाको तथा विशेष साइतको थाली वा सामाग्री खसेको अनि कलशको पानी पोखिएको नराम्रो ! कुकुर, बिरालो आदिले बाटो छेकेको नराम्रो ! (अनि, सोच तथा योजनाका बेला यस्ता जनावरले छ्युं काढेको सुने नराम्रो !) महिलाहरूको दाहिने र पुरुषको देब्रे अङ्ग फुर्ने र झम्झमाउने अवश्थालाई प्राय डरका दृष्टिले हेर्ने गरिएको ! कालो सर्प, बिच्छी, कन्सुत्लो, सुँगुर, हिले माछो अनि उभिएको, बसेको वा कराएको गधा आदि देखेको अशुभ मानिने ! ऐना फुटाएको, फुटेको ऐना हेरेको, उल्टो कपडा लाए/राखेको, घोप्टो जुत्ता-चप्पल तथा खराउ अनि उत्तानो राखेको टोपी नराम्रो ! हुनेवाला बेहुलीले आफ्नो साजसज्जा तथा मुहार ऐना हेरेको खासै शुभ नमानिने ! प्रस्थान विन्दुतिर नयाँ खाली भाँडो, कुरूप प्राणी, काटेको घाँस, हड्डी, धुँवाले आगो, अनि झत्ते कपडाको पोको आदि देखे नराम्रो ! भुमरी परेको, चक्रवात, एक्कासी धुम्म परेको, यात्राको सामान बिर्सेर लिन फ़र्किआएको वा पछाडि हेरेर हिंडेको आदि नराम्रो ! छेपारो आफ्नो पछाडि अनि देब्रेतिर देखिनु, आवाज गर्दैरहेको सुन्नु नराम्रो ! (अगाडि, दाहिने र माथि देखेको भने राम्रो) छेपारो अनि भित्ती जिउमा खसेको नराम्रो ! (तर, तिनीहरू खस्ता हात-खुट्टाका औंला छोएको वा त्यहाँ परेको राम्रो) जङ्गली चराचुरुङ्गी तथा पशु घरमा आएको नराम्रो ! (उल्लु आएको भने ६०% जतिले राम्रो मान्ने गरेको) कुनै महिनाको तेह्र गते मंगलबार परे पश्चिमाले दारी काट्नसमेत बन्द गर्ने विश्वाश गरिएको ! तेह्र गते शुक्रबार पनि भयका दृष्टिले हेरिने ! कतै-कतै महिलाले शुक्रबार नुहाउन बार्नेसमेत गरेको ! खानेकुरा निचोर्दै खेल्दै खाएको, भाँडाकुँडा बजाएको, हाताहाती खोर्सानी, चक्कु आदि लिएदिएको नराम्रो ! ओल्ड इज सोल्डका शकुनमका अनुसार आठ अनि बाह्रजस्ता जोडी सङ्ख्याको प्राधान्यता परीक्षा क्रमाङ्क आदिमा हुनु सकारात्मकभन्दा नकारात्मक बढी हुने सङ्केत (‘सात’लगायतका बिजोर संख्या भने शुभ सङ्केतको द्योतक / देशअनुसार फरक पर्नसक्नेबाहेक) के साइत, के बेसाइत ?

जोखाना न जोग, मन मिले कुण्डली टिपोट केही नहेरी घरजम गर्ने सामान्य नै मानिआइएको छ । पूर्व न पश्चिम; हाम्रो देशको जुन कुनाबाट यात्रा थाले पनि यो गोलाकार दुनियाँमा निश्चित समयपछि आइपुगिने त नेपाल नै हो । त्यस्तै आँखा फुर्ने (आँखाका मांसपेसी थाकेका वा आन्तरिक सुजन हुँदा महशुस हुने कम्पनबाहेक केही पनि हैन) कुरै गर्दा पनि दाहिने र देब्रे अनि पुरुष तथा महिला सोधिने तवर बुझ्दा यो भन्न सकिन्छ कि साइत अरु क्यै नभएर कमजोर मनको एक भाव हो जो विभिन्न रूपमा हाम्रो व्यवहारमा जोडिएर बसेको हुन्छ ।

साइत मिलेको र नमिलेको कुरा सम्योगशिवाय केही होइन भन्नेहरू पनि धेरै भेटिन्छन् । अनि, कागैकाग पाइने ठाउँमा एका बिहानै काग देखिनु सामान्य मान्नैपर्छ । घरै छेउमा जाडोको समयमा स्याल कराएको सुनिनु उस्तै सामान्य । उनीहरूका सूचना तथा जातीय विशेषता हामीले अनुमानमात्र गर्ने गरिएको वास्तविकता यसै भन्नसकिएको अवश्था रहेको पाइन्न ।

एउटा पोथी बिरालोका पछि दुइटा ढाडे बिराला भए पहुँचमा आइनपुग्ने ढाडे राँडोरुवाइ त गर्छ नै । चिन्तित वा बिरामी कुकुर पनि रुन्छ नै । त्यसरी रुने प्राणीहरूको करतूत कसैले अनिष्ट हुने द्योतकका रूपमा लिन्छन् त कसैले सामान्य समझमै उपचारात्मक भई प्रस्तुत हुन्छन् ।

उत्तरफाल्गुनी नक्षत्रमा शंबरासुरले उत्तर दिशाको यात्रा गरेको हुनाले मृत्युवरण गर्नपुग्यो । त्यस्तै व्यतिपात भएको एक दिनअघि र एक दिनपछि जम्मा तीन दिन व्रतबन्ध, विवाह, यात्रा र गृहारम्भ आदि गर्नुहुँदैन ।

परिहाले अप्रतिरथ मन्त्र-जाप लगाई स्थिति समायोजन गर्न सकिने प्रावधान पनि अनुग्रहणीय छ नै । भोलि शुरु हुन लागेको कुसाइत छल्न राम्रो साइत रहेकै अघिल्लो दिन पाइत (बाहिर निस्केर केही कदम हिंडेकोजस्तो गर्ने साइत मिलानको काम) सार्ने गरिएको पनि मननयोग्य विन्ती गरिएको छ ।

 

Must View