नागरिक पोष्ट News


काठमाडौँमा १०० रुपैंयामा मासुभात, ३०० रुपैंयामा कोठा पाउने ठाउँ कहाँ ? (हेर्नुहोस् भिडियो)

5.7K

इन्द्र बहादुर श्रेष्ठ , करिव २३ वर्ष अघि उनी दोलखा देखि महाबौद्धमा काम खोज्दै आएका थिए। सोहि क्रममा उनले भाडा माझ्ने काम पाएका थिए। अहिले त उनको आफ्नै व्यवसाय छ। गज्ज़बको गेस्ट हाउस सहितको भोजनालय खोलेका छन्।सुन्दा विश्वास नलाग्ला तर उनको भोजनालयमा सबै कुरा सुपथ मुल्यमा पाउन सकिन्छ। उनले आफ्ना ग्राहकलाई १०० रुपैयामा टन्न मासुभात खुवाउछ्न्। आजकाल हरेक व्यवसाय नाफामुखी भएका छन्।

बढो महंगी सँगसंगै सबैले आफुलाई नाफा हुने गरी व्यापारव्यवसाय गर्ने गर्छन्। त इन्द्रले यस्तो सोचेनन्। उनलाई बरु नाफा कम नै होस् तर ग्राहक सन्तुष्ट हुन् भन्ने लाग्यो। अझै शाकाहारी खाना सेटको कुरा गर्ने हो भने त उनले प्रति प्लेट ७० रुपैयामा नै खुवाछ्न्।उनले आफ्नो शुरुवातको व्यवसायको अवस्था स्मरण गर्दै भने ,ुशुरुमा त मैले प्रति प्लेट १५ रुपैयामा एक सेट खाना बेच्थे।

त्यो बेला सबै कुरा सस्तो भएकोले पनि मलाई खासै गार्हो भने थिएन। अहिले महंगी पनि उस्तै छ त्यसैले पनि मैले डर बढाएको हु। ु उनी आफ्नो व्यवसायले घरपरिवार धान्न सकु, बालबच्चलाई राम्रो विद्यालमा पढाउन सकु भन्ने मात्र सोच्छन्। यो भन्दा बढी उनमा केहि लोभ लालच छैन।उनले आफ्नो भोजनालयमा काम गर्ने मान्छे पनि धेरै राखेका छैनन्। पुरा भोजनालय र गेस्ट हाउसको व्यवसाय जम्मा दुई जना कामदार र उनका परिवारका सदस्यले धानेका छन्। कसैलाई महिना मरेसी तलब दिन नपुग्ला कि भन्ने पिरचिन्ता पनि छैन।

त्यसैले पनि होला जति आम्दानी हुन्छ त्यतिमा नै उनी सन्तुष्ट छन्।भोजनालय सँगसँगै उनको गेस्ट हाउसमा पनि बाँस बस्ने कोठाको मुल्य एकदम कम छ। तुलनात्मक हिसाबमा हेर्ने हो भने यति मुल्यलाई कम नै मान्न सकिन्छ। उनले ३०० देखि ८०० सम्म मात्र मुल्य तोकेका छन्।उनको भोजनालयमा पश्चिम तिरको बाजुरा, बैतडी, रुकुम, मुगु, रोल्पाका ग्राहक आउने उनी बताउछन्।

Must View