नागरिक पोष्ट News


६७ वर्षीया युगमाया कार्की एसइई परिक्षा यसरि दिँरहेकी छिन

3.6K

काठमाडाैं । यस वर्षको एसइई परिक्षामा सबैभन्दा जेष्ठ नागरिक युगमाया कार्कीले एसइई परिक्षा दिनुभएको छ । ६८ वर्षको उमेरमा पनि पढाइ प्रति निकै उत्साह देखिएको युगमाया कार्की वि.स. २०७० सालदेखि तिनकुनेको उत्प्रेरणा महिला माविमा पढ्दै आउनु भएको थियो ।

‘आँखाले साथ दियो भने कलेज पनि पढ्ने रहर छ । त्यसैले जसरी पनि एसइई पास गर्नु छ । यत्रो दुख गरेर पढेको छु। फेल भइयो भने त बर्वाद हुन्छ ।’ पेस्पीकोला निवासबाट निस्कन हतार गर्दै युगमाया कार्कीले भन्नुभयो । उहाँलाई पास हुने कुरामा विस्वास छ । युगमायालाई अंग्रेजी, गणित र विज्ञान पनि धेरै अप्ठेरो लाग्दैन । ‘पास त जसरी पनि गरिहाल्छु नि’ उहाँमा दृढ विस्वास देखिन्छ।

उहाँका सात भाइ छोरो र सातै जना नातिनातिनाहरु पनि छन् । उहाँका एक नाति रोहन कार्कीले पनि यसै वर्ष हजुआमासँगै एसइई परिक्षा दिदैछन् । युगमायाको परिक्षा केन्द्र तिनकुनेको सिद्धेश्वरी माविमा परेको छ । नातिको परिक्षा केन्द्र भने मध्यबानेश्वरको रत्न राज्य माविमा छ । पैसाको नोटसमेत राम्रोसँग नचिन्ने युगमायाले प्रोढशिक्षा पढ्न थालेपछि रामायण र महाभारतका श्लेकसमेत कण्ठ पार्नु भएको थियो ।

उहाँ प्रोढ शिक्षा पढ्दा पढ्दै अरुलाई प्रोढ शिक्षा पढाउन सक्ने हुनुभयाे । प्रोढशिक्षाले पढाइमा हौसला बढाएपछि र छोराहरुको साथ र सहयोगका कारण युयमायाले उत्प्रेरणा महिला माविमा भर्ना गरेर औपचारिक शिक्षा सुरु गर्नुभएको थियो। औपचारिक शिक्षा सुरु गरेको पाँच वर्षैमा उहाँले एसइई परिक्षा दिन सफल हुनुभएको छ ।

Must View