नागरिक पोष्ट News


तपाईको भाग्य कस्तो छ : २०७५ साल चैत्र १० गते आइतबारको राशिफल हेर्नुहोस

2.3K

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।

श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल चैत्र १० गते रविबार नेपाल सम्बत ११३९ चिल्लागा,सन् २०१९ मार्च २४ तारिक कृष्णपक्ष चौथी तिथि राती १ वजेर ८ मिनेटसम्म,स्वाती नक्षत्र पूर्वान्ह ११ वजेर ३१ मिनेटसम्म,हर्षणयोग,बवकरण,आनन्दादियोग लुम्ब,सूर्य मीन राशीमा,चन्द्रमा ११ गते विहान ५ वजेर १९ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।

मेष

मेषः– दिन अनुकुल नै देखिन्छ समयमा कार्य सम्पादन गर्नेतिर सोच्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारि सुख मिल्नेछ । यात्राको । सम्भावनालाई नकार्न सकिन्न ।

बृष

वृषः– शत्रुले शीर ठाडो गर्न दिने छैनन सतर्क रहनु होला । शीर झुकाएर काम नगर्नु होला । परिश्रमको परिणाम राम्रै निस्कनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पुराना समस्या समाधान भएर जानेछन् ।

मिथुन

मिथुनः–आम्दानीको तुलनामा खर्च थोरै बढि नै हुनेछ । आर्थिक करोवार सन्तोष जनक रहने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । महिलाको सहयोग लिएर काम गर्नु होला । पढाईमा थोरै ध्यान जानेछ ।

कर्कट

कर्कटः– भय आतुरमा काम गर्दा विग्रिन सक्छन सचेत रहनु होला । सहयोग गर्ने भन्दा याचना गर्ने बढि हुनेछन् । सुख,शान्ति कम मिल्नेछ । समस्या बढ्न सक्छ । अन्योलमा परिनेछ । अरुले कुरा काट्ने छन् ।

सिंह

सिंहः– काम अनुसारको उपलब्धि राम्रै हात लाग्नेछ । समयको महत्व बुझेर काम गर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सहयोग पाउने क्रम जारी रहनेछ । राजनैतिक चासो बढ्नेछ ।

कन्या

कन्याः– कसैको आसा र भरोसामा काम नगर्नु होला । सक्रिय भएर काममा लाग्नु भयो भने सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आर्थिक सन्तुलन कायम रहनेछ । पराक्रम बढ्नेछ ।

तुला

तुलाः– काम प्रतिको लगाव बढ्नेछ । गरेका काम प्राय सफल हुनेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायमा उन्नति प्रगतिको सम्भावना राम्रै देखिन्छ । पारिवारिक सुख,शान्ति मिल्नेछ ।

बृश्चिक

वृश्चिकः– खर्च व्यवस्थापन गरेर काम गर्नु होला । उपलब्धिका काममा अझै सुधार आउने देखिन्न । आस्था र विश्वास भत्किन सक्छ । अरुको धेरै भर नपर्नु होला । आफन्तका कारण धन खर्च हुनेछ ।

धनु

धनुः– अलमलमा नपरि अगाडि बढ्नु होला । समयको सदुपयोग गर्न पछि नपर्नु होला । समयमा गरेका काम सफल हुनेछन नत्र काम साच्यो आफुलाई खाना साच्यो अरुलाई भन्ने उखान चरितार्थ हुनेछ । मकर

मकरः– आफन्तबाट सहयोग मिल्नेछ । पूर्व संकल्प पुरा हुने देखिन्छ । काममा सहजता आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । आफन्तबाट सहयोग पाईनेछ । आम्दानीका स्रोत बढ्ने छन् । व्यापारमा सुधार आउनेछ । कुम्भ

कुम्भः– समय सुधारोन्मुख देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । वाह्य कुरामा कम ध्यान दिनुहोला नत्र आफ्नो काममा असर पर्नेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । तनाव घट्नेछ ।

Must View