नागरिक पोष्ट News


डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुले नृत्य प्रस्तुत गरे

439
  • शर्मिला विश्वकर्मा, काठमाण्डौं

१३ औ विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका छन् । डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने संस्था डाउन सिण्ड्रोम समाज नेपालले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन सन् २०१८ की मिस नेपाल शृङ्खला अतिवडाले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो । यसै क्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुलाई घर परिवार तथा समाजले स्वीकार गर्नु पर्ने र उनीहरुको इच्छा र क्षमता अनुसारको सीप प्रदान गर्नु पर्ने बताउनु भएको थियो भने सोही संस्थाकी उपाध्यक्ष धनकुमारी सुनारले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको अवस्थालाई सबैले स्वीकार गरी सबैको साथ र सहयोग भएमा उनीहरुको जीवनलाई सहज बनाउन सहयोग मिल्ने बताउनु भयो ।

त्यसै गरी १३ औ विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरु प्रितम विश्वकर्मा, प्रदेश आचार्य, लुजा श्रेष्ठ, सत्यम थापा, रसिला खड्गी लगाएतका बालबालिकाहरुले विभिन्न गितहरुमा नृत्य प्रस्तुत गर्नु भएको थियो । डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेको समावेशी नृत्य प्रस्तुत कार्यक्रममा सन् २०१८ की मिस नेपाल शृङ्खला खतिवडाले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुलाई उनीहरु अनुकुलको वातावरण सृजना गर्दै उनीहरुको हक हित र अधिकारको अभियानमा सधै साथ दिने बताउनु भयो । सो कार्यक्रममा २०१८ की मिस नेपाल शृङ्खला खतिवडा, मिस नेपाल २०१६ की दोस्रो रनरअप बर्षा लेखी, नेपाली चलचित्रका नायक प्रदिप खड्का लगाएत अन्य समाज सेवीहरु र सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Must View