नागरिक पोष्ट News


मन्त्रीमण्डलको पुनर्गठन :जनार्दन शर्मा, महेश बस्नेत, योगेश भट्टराई शक्तिशाली मन्त्री भएर आउदै

3.5K

Photo : ई-हुलाकी

 प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल बिच मन्त्रीमण्डल पुनर्गठनको सहमती भैसकेको छ ।अध्यक्ष दहाल अमेरिका बाट फर्के पछि यो विषयले तिब्रता पाउने छ । 

श्रोतका अनुसार चर्चामा धेरै मानिसहरु भएपनी केही नाममा अध्यक्षद्वयनै करिब करिब सहमतिमा पुगि सकेका छ्न।   नयाँ आउनेहरु भाग्यमानी मात्र होइन शक्तिशाली साबित हुने निश्चित छ । किनभने पटक  पटक मन्त्रीमण्डल पुनर्गठनको अभ्यास उपयुुक्त मानिदैन अर्को कुरा अहिले आउनेहरुले दुबै अध्यक्षको मन नजिती आउन पनि सम्भब छैन।

  चर्चा ज जसको भए पनि  पाँच जना चाहिँ संभावना र सहमतीको अत्यन्तै नजिक रहेको बुझिएको छ। यी पाँच जनामा जनार्दन शर्मा , योगेश भट्टराई ,रेखा शर्मा , प्रभु साह र महेश बस्नेत रहेका छ्न। पार्टी एकतामा महत्वपूर्ण भुमिका रहेको मानिएका शर्मा दुबै अध्यक्षका निम्ति पृय छ्न । लोकप्रिय छवि भएका कारण पनि उनलाई ल्याउने करिब करिब निश्चित छ। योगेशलाई ल्याउन प्रधानमन्त्री ओलीको धेरै रहर नभए पनि उनी आफ्नो चुनाबी बचनमा बाधिएका छ्न भने अर्कोतिर अध्यक्ष दहाल र माधब नेपाल यसपटक योगेशलाई जसरी भएपनी ल्याउन चहान्छ्न ।

 त्यसैगरि रेखा शर्मा विवाद रहित रुपमा मन्त्रालय हाकी सकेकी नेतृ हुन । दुबै अध्यक्ष उनी प्रती अत्यन्तै सकारात्मक भएको बताइन्छ । अर्का संसद बस्नेेतलाई मन्त्री बनाउन ओलीले नै रहर गरेका छ्न ।उनी प्रधानमन्त्री  ओलीका विशेष पात्र मानिन्छ्न । त्यस्तै प्रभु साहलाई मन्त्री बनाएर दुबै अध्यक्ष मधेसमा आफ्नो प्रभाब बढाउन चहान्छ्न । साह २ नम्बर प्रदेशका सक्तिशाली नेता मानिन्छ्न ।

News Source : ई-हुलाकी

Must View