नागरिक पोष्ट News


डाउन सिण्ड्रोम अपाङ्गता सम्बन्धी छलफल, १३ औं विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा

3.8K
  • शर्मिला विश्वकर्मा, काठमाण्डौं

डाउन सिण्ड्रोम समाज नेपालको आयोजनामा १३ औं विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुका सवालमा काठमाण्डौंमा एक छलफल कार्यक्रमको आयोजना गरियो । सो दिवसका अवसरमा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम रोग नभएर एक अवस्था भएको बताउदै यस विषयमा सरकारी तथा नीजि स्तरबाट व्यापक रुपमा जनचेतना जगाउन जरुरी रहेको बताउनु भयो । मार्च २१ तरिकका दिन मनाइने विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा काठमाण्डौ आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश नं ३ की प्रमुख अनुराधा कोइरलाले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार स्थापीत गर्नको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने अपाङ्गता र विकासका लागि क्रियाशिल नेपालका (एड्राड) का निर्देशक डा. विरेन्द्रराज पोखरेलले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता र रुचि अनुसारको शिक्षा तथा सीप प्रदान गर्न जरुरी रहेको बताउनु भयो ।

यसै क्रममा सिल्भर माउण्टेन स्कूल अफ होटेल म्यानेजमेन्टकी निर्देशक रचना थापाले डाउन सिण्ड्रोम अपाङ्गता भएका केही व्यक्तिहरुलाई होटल म्यानेजमेन्टको लागि सक्दो सहयोग गर्ने बताउनु भएको थियो । त्यसै गरी वीर अस्पतालमा कार्यरत डा. निलम ठाकुरले वीर अस्पतालले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार प्रति संवेदनशील भएको बताउदै अपाङ्गतालाई बुझ्ने दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने बताउनु भएको थियो । सोही क्रममा नेपाली चलचित्रकी नायिका सोनी रोनियारले हर बखत अरुको सहयोगको आवश्यकता हुने अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकत्व राज्यले लिनु पर्ने बताउदै डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।

त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव केशव भट्टराईले सबै सरोकारवाला निकायहरुले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका मुद्यालाई साझा सवालका रुपमा वकालत गर्नु पर्ने कुरामा जोड दिनु भयो । १३ औ विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरु लुजा श्रेष्ठ र प्रदेश आर्चायलाई आगामी ३ वर्षका लागि डाउन सिण्ड्रोम समाज नेपालको राजदुत घोषणा गरिएको छ । उक्त कार्यक्रमको सहजिकरण बौद्धिक अपाङ्गता र अभिभावकको राष्ट्रिय संघका अध्यक्ष मुकुन्दहरु दाहालले गर्नु भएको थियो ।

Must View