पूर्वराजा शाह र भारतीय राजदूतबीच गोप्य वार्ता, के भयो मध्यरातीको ‘गोप्य वार्ता’ मा ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच जनकपुरमा भएको आकस्मिक भेटवार्ताले हलचल मच्याएको छ ।
पूर्वराजा शाह र राजदूत पुरीबीच जनकपुरमा भएको भेटवार्ताले गर्दा सरकार सशंकीत बनाएको छ । पूर्वराजदूतलाई सरकारले स्पष्टिकरणसमेत सोधेको छ । पूर्वराजा जनकपुरमै भएका बेलामा रेलमार्गको निरीक्षण गर्न पुरी जनकपुर गएका हुन् ।
एकै समयमा परेको यो यात्रालाई एकातिर संयोगका रुपमा लिएर सहज बनाउन खोजिएको छ भने अर्कातिर यसलाई नियोजित भएको बताउन खोजिएको छ ।
संयोग नै सही दुवैबीच होटल सीताशरणमा गोप्य वार्ता भएको भने उच्च स्रोतको दावी छ । आधाघण्टाभन्दा बढी समयसम्म भएको वार्तामा पूर्वराजाको भारत भ्रमणका विषयमा छलफल भएको बताइन्छ । पूर्वराजा केही समयपछि भारत जाने चर्चा छ । तराई भ्रमणमै रहेका बेलामा सोही साइतमै पूर्वराजा भारत जाने कार्यक्रम तय भएको थियो ।