होलि ! यस्तो भयो, कहिँ झगडा, कहिँ दुर्व्यबहार त कतै उल्लाहास – भिडियो
काठमाडौं । उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबान्छित गतिविधिमा संलग्न ८४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले ५ सय १५ मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
होलि बारे धेरै धार्मिक मान्यताहरु पनि रहेका छन्। असत्यमाथि सत्यको विजय, शिवभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर शिवभक्त प्रह्लाद सकुशल रहेको किम्वदन्तीअनुसार होली पर्व मनाउने गरिन्छ ।
थुप्रै रंगहरुको पर्व होलीमा तपाई आफ्नो भाग्य चम्काउन, लक्ष्मीको प्राप्ति र सुख-समृद्धि चाहनुहुन्छ भने पहेलो तोरीमार्फत सम्भव रहेको छ । यसको लागी तपाईले होलिका दहनमा पहेलो तोरीले हवन गर्नुपर्दछ । यस्तो गर्नाले तपाइको हरेक मनोकामना पूरा हुनेछ । दीपावलीको पर्व झैँ होलीमा पनि तपाई माता लक्ष्मीलाई प्रसन्न गर्न सक्नुहुनेछ ।
ज्योतिष अनुसार होलिका दहनको समयमा सबै राशिका व्यक्तिहरुले पहेलो तोरीबाट हवन गरे भने माता लक्ष्मी वर्षभरि प्रसन्न रहनेछन्, रोग र भय हटेर जानेछ । यसको अलावा सुख-समृद्धि र विजयको पनि प्राप्ति हुनेछ । यसको लागी रक्षोघ्नि मन्त्र सूक्त मन्त्रलाई १०८ पटक जपेर पहेलो तोरीलाई होलिका दहनमा समर्पित गर्नुहोस् । यसबाट सबैलाई लाभ हुनेछ ।