नागरिक पोष्ट News


अष्ट्रेलिया पढ्न गएका करिब ५ सय नेपाली युवती सेक्स ब्यवसायमा, घन्टाको १ सय ५० डलर

3.3K

काठमाडौं । वर्ष २४ की सकुन्तला (नाम परिवर्तन) अष्ट्रेलियाको सिड्नीमा रहेको विश्वविद्यालयमा अध्ययन गर्छिन् । खर्च जोहोका लागि क्लिनिङ र मसाज सेन्टरमा काम गर्छिन् । त्यसबाहेक उनको ठूलो आम्दानीको स्रोत भने इन्टरनेटमार्फत बोलाएका घरमा गएर ‘सेक्स’को सेवा दिनु हो । न्यु साउथ वेल्स राज्यको आटअमनमा रहेको क्लिनिङ र पारामाटामा रहेको मसाज सेन्टरहरूमा नियमित आम्दानीका लागि काम गर्ने धेरै युवतीमध्ये उनी पनि हुन् ।

उनले इन्टरनेटमा आफूलाई कलगर्लका रूपमा स्थापित गराइन् । इन्टरनेटमा ‘फिस’ तिरेपछि उनी सेवा दिनका लागि बोलाएका ठाउँमा पुग्छिन् । यस्तो कामका लागि अष्ट्रेलिया सरकारले कुनै रोक नलगाएका कारण यहाँको बसाई, पढाई र आम्दानीका लागि यौनलाई पनि पेसा बनाएको उनले बताइन् । इमान्दारीताका साथ बोलाएका ठाउँमा पुग्ने उनी दिनमा धेरैजनालाई सेवा दिनुपर्ने सुनाउँछिन् ।

उनले भनिन्,‘यसरी बोलाउने ठाउँमा गएर सेवा दिने गरेकी छु । त्यसले आफ्नो राम्रो खर्च चल्छ ।’ उनले घन्टाको एक सय ५० डलर सेवाशुल्क लिने गरेकी छन् । इन्टरनेटमार्फत नै भनेको खातामा उक्त रकम जम्मा गरेपछि युवती सेवा दिन पुग्छन् । उनका अनुसार आफुले काम गर्ने ठाउँमा कम्तिमा ६ देखि ७ जना यस्तो सेवा दिने नेपाली विद्यार्थी युवती रहेका छन् । ‘हामीलाई अरू कुराको समस्या छैन रकम लिएपछि सेवा दिन्छौं ।’ उनले भनिन्,‘आम्दानीका लागि यो काम गरेका हौं ।’

करिब एक लाख नेपाली रहेको अष्ट्रेलियामा कम्तिमा ५ सय यस्ता युवती रहेको अनुमान गरिएको छ । सिड्नी सहरमा मात्रै कम्तिमा डेढ देखि २ सय सम्म नेपाली युवतीले पढाई र अन्य सुविधाको रूपमा कलगर्लका रूपमा काम गरिरहेको हुनसक्ने सकुन्तलाको बयानको आधारमा अनुमान गर्न सकिन्छ । नेपाली युवतीका लागि नेपाली, भारतीय र इन्डोनेशियन, अष्ट्रेलियन लगायतका ग्राहक हुने गरेका छन् । समयअनुसारको सेवा दिने गरेको उनले सुनाइन् ।

उनीहरू रकम लिएपछि इमान्दारीताका साथ विलम्ब नगरी सेवा दिन्छन् । ‘हामी व्यस्त हुन्छौं, समय कम हुन्छ । अन्यत्र पनि जानुपर्ने हुन्छ । नियमित काममा पनि जानुपर्छ । त्यसकारण ढिलो नगरी सेवा लिनुहोस् ।’, उनी भन्छिन्,‘होइन भने अन्यत्र जानुपर्छ ।’ उनीहरूलाई यो पेशा अपनाएकोमा पश्चाताप समेत नरहेको सकुन्तला बताउँछिन् । ‘जानेर बुझेर नै यो पेशा अपनाएकी हुँ ।

खर्चका लागि पैसा चाहिने र पेशामा कुनै अवरोध नभएका कारणले अपनाउन किन अप्ठ्यारो मान्नु ?’, उनी भन्छिन् । यो पेशामा राम्रो आम्दानी भएकै कारणले उनले इन्टरनेटमा आफ्नो सम्पर्क पनि छाडेकी हुन् । उनीजस्तै धेरै युवतीले इन्टरनेटमा यसरी सम्पर्कका लागि खाता खोलेका छन् । उनीहरू प्रति घन्टाका दरले सेवाग्राहीसँग शुल्क लिने गर्छन् । यौन पेशा भने उनीहरूको प्रमूख पेशाचाहीँ होइन ।

Must View