होलीको दिन ५ सय भन्दा बढी सवारी कार्वाहीमा परे
2.1K
काठमाडौं। होलीको दिन नियम विपरित चलाउने ५ सय बढी सवारी साधन ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन्। नियन्त्रणमा लिइएकामध्ये १८ वटा सरकारी सवारी साधन समेत छन्। ट्राफिक प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार, जाँडरक्सी खाएर चलाउने ४४, लापार्वाही गरेर चलाउने ३०, कागजपत्र साथमा नभएका २ सय ३८, हेलमेट नलगाउने २५, तीन जना सवार भएका ५५ वटा मोटरसाइकल र अरु २४ वटा सहित ५ सय १९ सवारी साधन नियन्त्रणमा लिइएको हो।
ती मध्ये मापसे गर्नेलाई एक हजार, लापार्वाही गरेर चलाउने, हेलमेट नलगाउने, ३ जनासम्म चढ्ने लगायतकालाई पाँच सय देखि पन्ध्रसय रुपैयाँसम्म जरिवाना तिराइने पनि प्रवक्ता सापकोटाले जानकारी दिए।