नागरिक पोष्ट News


अस्लिल अन्तर्वार्ता लिएको अभियोगमा मिडियाका सञ्चालक र मोडल परी तामाङ पक्राउ

2.3K

सामाजिक मर्यादामा खलल पुर्याउने र उत्तेजक सामग्री पस्केको भन्दै सर्वसाधारणको ब्यापक गुनासो पछि प्रहरीले एउटा युट्युव च्यानलका सञ्चालक र कार्यक्रम सञ्चालन गर्नेलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा उत्तेजक सामग्री राख्ने विवादास्पद मोडल परी तामाङ लाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको उनी माथि आरोप छ ।

महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल निकै भल्गर भन्दै गएको छ । युट्युव र अन्य सामाजिक सञ्जालमा भ्युअरका आधारमा आम्दानी हुने भएपछि भ्युअर बढाउन उत्तेजक सामग्री पस्कने होडवाजी नै चलेको छ । प्रहरीले अब त्यस्ता कृयाकलापमा नियन्त्रण गर्न कारवाही सुरु गरेको जनाएको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । प्रहरीले पक्राउ परेकाहरुलाई साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Must View