होली सभ्यरुपमा मनाउन समुदाय प्रहरी साझेदारी,जनचेतना मुलक कार्यक्रम ।
काठमाडौँ चैत्र ४, होली अर्थात् फागुपुर्णिमा होली भन्नुबितिक्कै एक आपसमा रंग लगाएर सत्भावका साथ खेलिने पर्व हो । यसै पर्वलाई सभ्यताका साथ मर्यादित तरिकाले मनाउनको लागि समुदाय प्रहरी साझेदारी अबधारणा अन्तर्गत प्रहरी वृत लैनचौर, सोह्रखुट्टे, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र १६,२६ ठमेलको सयुक्त आयोजनामा जनचेतना मुलक कार्यक्रम “होली पर्वलाई मर्यादित र अनुशासित ढंगबाट मनाउँ” संस्कृतीलाई जगेर्ना गरौँ, भन्ने मुल नाराको साथ् कार्यक्रमको आयोजना गरिएको थियो ।
ठमेलको संचयकोष वाट -र्याली सुरुभई प्रहरी वृत सोह्रखुट्टेमा समापन भएको उक्त कार्यक्रमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौँका प्रमुख प्रहरी बरिष्ट उपरीक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्य रहेको थियो। भने सोह्रखुट्टे वृतका नायव उपरीक्षक,ठमेल १६ ,२६ का वडा प्रमुख र विभिन्न बुध्दिजीबी वर्ग,संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति संगै विभिन्न विधालयका बिधार्थीहरुले उक्त कार्यक्रममा सहभागी जनाएका थिए ।
होलीलाई मर्यादित बनाउनको लागि जनमानसमा चेतना पुगोस भन्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी बरिष्ट उपरीक्षक बसन्त कुमार लामाले भन्नुभयो पहिलेको तुलनामा अहिले होली पर्ब सकारात्मक सुधार रहेको भएपनि होली मर्यादित हुनसकेको छैन, होली एउटा पर्व हो । यसलाई बिकृतिमा परिणत गर्नुहुदैन,होलीलाई सभ्य तरिकाले मनाउनु पर्ने धारणा राख्दै सम्पूर्णमा होली सभ्य तरिकाले मनाउन अनुरोध गर्नुभयो ।