नागरिक पोष्ट News


४ वर्ष बित्न लाग्यो अझै तर्साउन छाडेको छैन गोरखा भूकम्पको परकम्पले

2.2K

काठमाडौँ ।  २०७२ साल वैशाख १२ गतेको गोरखा भूकम्प गएको चार वर्ष पुग्न लागिसकेको छ । मात्र एक महिना बाँकी छँदा अझै पनि उक्त ७.८ रेक्टर स्केलको भूकम्पको परकम्प जान छाडेको छैन । 

पछिल्लो समय २०७५ चैत्र ४ गते सोमबार बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्पको परकम्प गएको छ । 

मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ४ रेक्टर स्केलदेखि माथिका पाँच सय बढी परकम्प गइसकेका छन् । केन्द्रले वर्षौंसम्म त्यसको परकम्प गइरहन सक्ने बताएको छ । 

विज्ञानले धेरै कुराको आविश्कार गरे पनि अहिलेसम्म भविष्यमा जान सक्ने भूकम्पको बारेमा पूर्वानुमान गर्न सकेको छैन । 

भूकम्पविद्हरुले गोरखा भूकम्पले सोचेभन्दा कम क्षति गरेको भन्दै शक्ति संचय भइरहेकाले फेरि ठूलो भूकम्प नेपालमा जान सक्ने आँकलन भने गरिरहेका छन् । 

Must View