२५ फिट अग्लो बुद्धको मुर्ति स्थापना गरिने
हेटौंडा ४ चैत्र - हेटौंडा उपमहानगरपालिका वडा नं १८ हर्नामाडी गुम्बा डाँडामा २५ फिट अग्लो ढुङ्गाको बुद्ध मुर्ति स्थापना गरिने भएको छ.
धरान चतरा राजमार्गबाट देखिने सो स्थानमा २०७७ सालको बुद्धजयन्तीको शुभ अवसरमा सो मुर्ति स्थापना गर्ने बुद्ध मुर्ति निर्माण समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले हिजो हेटौंडामा आयोजित छलफल कार्यक्रममा जानकारी दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ का सभामुख सानु कुमार श्रेष्ठले मुर्ति स्थापना गरेर मात्र कर्तब्य पालना नहुने बताउदै बुद्धको उपदेश पञ्चशिल सिद्धान्त पनि पालना गर्न सकेमा देशमा स्वतः सुशासन कायम हुने बताउनु भयो ।
कार्यक्रममा अवतारी लामा लोपसाङ्ग नामगेल रिम्पोछे, प्रदेश सांसद, वडा अध्यक्ष, उद्योगपति, ब्यापारी लगायतको उपस्थिति थियो । ६० लाखको अनुमानित लागत पर्ने सो मुर्ति स्थापना पश्चात सो स्थानलाई पर्यटकीय स्थलको रुपमा समेत विकास हुने अपेक्षा गरिएको छ ।