नागरिक पोष्ट News


पापी छोरा बुहारी ! ७० वर्षीय बृद्धा बाबुलाई दैनिक ढुंगा बोक्न बाध्य बनाउदै

1.9K

 सिन्धुपाल्चोक जिल्लाको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका ७ पेप्टाका जरे लामा। चाउरी परेका गाला, सेतै फुलेको कपाल, मैलो दौरा सुरुवाल, स्टकोट लगाएर कम्मरमा पटुका कसेका छन् ।

उनी उमेरले ७० वर्ष पूरा भइसकेका छन्। स्पष्टसँग कान सुन्दैनन्। न त झट्ट सोधेका कुराको जवाफ नै फर्काउछन्। सामान्य रुपमा हेर्दा उनको उमेरले नेटो काटिसक्यो। काम गर्ने उमेरमा छैनन् उनी। तर, झन् ठूला दुःखले घेरेको छ अहिले उनलाई। छन त उनका दुई छोरा बुहारी नातानातिनी सबै छन् घरमा। खानको लागि बुढेसकालमा ढुंगा बोक्न बाध्य छन्।

बलेफी गाउँपालिका १ जलवीरे बजारबाट १ किलोमिटर दूरी हिँडेपछि लामालाई भेट्न सकिन्छ। उनी महिना दिनदेखि त्यहीँ ढुंगा बोक्ने काम गरिरहेका छन् आफ्नो पेट पाल्न। ‘खान परिहाल्यो घरमा छोरा बुहारीले वास्ता नगरेपछि के गर्नु मर्न सकिएन। मलीन अनुहार पार्दै फिस्स हास्दै भने, ‘छोरा बुहारी भएर मात्र के गर्नु खै? आफ्नो अवस्था यस्तो छ। सकी नसकी ढुंगा बोक्छु। आफ्नो सास आफैँले जोगाउनै पर्यो नि!’ ‘मंसिर महिनाको सुरुबाट यहाँ ढुंगा बोक्न आको एक महिना भइसक्यो। ढुंगा बोकेको दिनमा ५ सय रुपैयाँ आउँछ।’ लामाले भने, ‘७० वर्ष पुगिसकेँ छोराहरुले सहारा नदिएपछि के गर्नु? सकुन्जेल काम गर्छु नसकेपछि जे होलाहोला’ उनले थपे। ‘पेट पाल्नका लागि बडो कष्ट गर्नुपरेको छ। बिहान चिसोमा उठ्न कम्तीको सकस हुँदैन।’

उनी कहिले काहीँ त ढुंगा बोक्ने कामै छोडिदिऔँ जस्तो लाग्ने गरेको तर अन्य उपाय केही नहुँदा बाध्य हुन परेको सुनाउछन्। भन्छन्, ‘फेरि सोच्छु यही पनि नगरे कहाँ जानु के खानु बिहान बेलुका हातमुख जोड्नको लागि भए पनि संघर्ष गर्दै छु।

Must View