देवघाट देशकै पहिलो पूर्वीय दर्शन अध्ययन केन्द्र बन्ने, एक करोड बढी पुस्तक रहने
2.9K
पवित्र तीर्थस्थल देवघाटधाममा वृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनु सार पूर्वीय दर्शन ग्रन्थको अध्ययन, अनुसन्धान, सभ्यता, संस्कृति लगायतका विषयको देशकै पहिलो अध्ययन केन्द्र बनाउन लागिएको हो । वेद, गीता, पूराण जस्ता महत्वपूर्ण ग्रन्थको अध्ययन गर्न सकिने केन्द्रमा ७० लाख भारतीय रुपैंया भन्दा बढीका पुस्तक रहने छन् ।विद्युतीय पुस्तकालयसँगै सुविधा सम्पन्न साधना र अध्ययन केन्द्र पनि निर्माण गरिने छ ।