नागरिक पोष्ट News


भक्तपुरमा यौन ब्यवसायको नयाँ तरिका ताल्चा फल्याट

2.6K

भक्तपुर । भक्तपुरमा बिगतमा भन्दा फरक तरिकाले यौन ब्यवसाय मौलाउँदो छ । अरनिको राजमार्गमा खुलेआमा सञ्चालानमा रहेको यौन ब्यवसायका थलोहरुमा प्रहरीको बढ्दो नियन्त्रणसँगै होटेल रेष्टुरा भन्दा बिभिन्न स्थानमा फल्याट लिएर यौन धन्दा चलाउनेको लर्को लागेको छ ।

सुरक्षित वातावरणको खोजीमा रहेका यौन ग्रहाकहरुका लागि यो सबै भन्दा उपयुक्त स्थल बनेको एक ग्रहाक नाम उल्लेख नगरिदिने शर्तमा भन्छन् । पछिल्लो समयमा फल्याटमा हुने यौन क्रियाकलापलाई सुरुक्षाका हिसाबले ताल्चा हाउसका रुपमा समेत परिणत गरिएको छ । ग्रहाकसँग मोलमोलाई पश्चात कोठमा पठाई तोकिएको समय सम्म ताल्चा लगाईने गरिन्छ । यसरी ताल्चा लगाएको कोठामा प्रहरीले छापा मारे पनि बन्द देखिने भएकाले यस्तो उपाए अपनाएको यौन अखडाकी एक साउनी बताउँछिन् । हाल भक्तपरका बिभिन्न स्थानमा फल्याट लिइएर यौन धन्दा खुलेआम चलेको छ प्रहरीको आँखामा धुलो हाल्दै ।

तर भक्तपुर प्रहरी परिसका प्रमुख हिमालय कुमार श्रेष्ठ भने भक्तपुरमा खुल्ला रुपमा यौन ब्यवसाय सञ्चालनमा नरहेको बताउँछन् । उनी भन्छन् सामाजिक रुपमा असर पर्ने गरि कुनै पनि गतिबिधि भए कानुन बमोजिम कारवाहीको दायरमा ल्याएर कारवाही गरिन्छ । भक्तपुरका बिभिन्न स्थानमा खुलेका यौन जन्य गतिबिधि हुने स्थानमा प्रहरीले छापा मारेर कारवाहि गरिरहेको उनले बताए उनले भने काठमाडौमा धेरै पहिला सञ्चालनमा आएको यो ताल्चा फल्याट भक्तपुरमा पनि भित्रिएको बारे प्रहरी बेखबर रहेता अव सर्च गरेर कारवाहीको दायरमा ल्याँछौं ।

त्यस्तै फल्याट यौन ब्यवसाय सञ्चालनमा आउने गरेका एक ग्रहाक भन्छन् यो धन्दा चलाउनेहरुका लागि पनि सुरक्षित र ग्रहाका लागि समेत सुरक्षित रहेको छ, हाइवयेमा खुलेका होटल रेष्टुरमा भन्दा अधिक रहेको छ । कसैको आँखा नलाग्ने भएकाले समेत यसरी फल्याट लिएर यौन धन्दा सञ्चालन गरिरहेको राधे रोध मा फल्याट सञ्चाल गर्दै यौन ब्यवसायलाइ निरन्तरता दिइरहेकी एक अखडा सञ्चालक बताउँछिन् । उनका अनुसरा आफूकोमा आउने ग्रहाक ठूला ठूला ब्यवसायी देखि सरकारी कर्मचारी सुरक्षाकर्मीहरु समेत रहेका छन् । ग्रहाकको राजाई अनुसार केटी उपलब्ध गराउने, उमेर समुह समेत चयन गर्न सकिने उनले बताईन् ।

यसरी रोजाई अनुसार न्यूनतम पाँच हजार देखि २५ हजार सम्मका युवतीहरु उपलब्ध रहेको उनले बताईन् । आर्थिक आम्दानीको राम्रो माध्यम बनेपछि कलेज पढ्न जाने युवतीहरु समेत उनकोमा आउने गरेका छन् भने रोजगारीको अवसर नपाएका र आर्थिक जोहो गरि परिवार पाल्ने समेत महिलाहरुको आउने गरेको उनले बताइन् ।

Must View