नागरिक पोष्ट News


जेनेभामा पुग्यो ग्रेटर नेपालको मुद्दा :भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने

2K

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग उठाएका छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले परिषदको ४० औं सत्रमा सो माग दर्ज गराएका हुन् ।नेपालले आफ्नो मन्तव्यमा भारतले सन् १९४७ देखियता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको बताए ।

 वैठकको एजेन्डा ‘मानवअधिकार समस्या जसमा परिषदको ध्यान जानुपर्छ’ भन्ने थियो । वैठकमा करिब १ सय ४० वटा गैरसरकारी संस्थाका प्रतिनिधिले आफ्नो देशको समस्या सुनाएको नेपालले जानकारी दिए ।

Must View