नागरिक पोष्ट News


राशी अनुसार यी रंगले खेल्नुहोस् होली ! हुनेछ लाभै लाभ ! पढेर शेयर गर्नुहोला

4.3K

धार्मिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय शिवभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर शिवभक्त प्रह्लाद सकुशल रहेको किम्वदन्ती अनुसार होली पर्व मनाउन थालिएको हो । धार्मिक परम्पराअनुसार सत्यको विजयलाई आत्मासाथ गर्दै मनाइने होलीमा कुन राशी भएका व्यक्तिले कुन रंगको प्रयोग गर्ने भन्ने बारे बताउन गइरहेका छौँ ।

मेष र वृश्चिक राशी :  मेष र वृश्चिक राशीको स्वामी मंगल ग्रह हो । मंगल ग्रह रातो रंगको हुने भएको यी दुई राशीले होलीमा रातो रंगको प्रयोग गर्दा राम्रो हुने विश्वास रहेको छ । जसले सम्मान प्राप्त गर्नेछ ।

वृष र तुला राशी :  यी दुई राशीको स्वामी शुक्र हो । शुक्रलाई सबैभन्दा चम्किलो ग्रहको रुपमा लिइन्छ । यी राशी भएका व्यक्तिले होलीमा सेतोा रंगको कपडा लगाएर रातो पहेँलो रंगले होली खेल्दा साथभाइ परिवारबाट सम्मान मिल्नेछ ।

मिथुन र कन्या राशी :  यी दुई राशीको स्वामी बुध हो । यसले हरियो रंगको प्रतिनिधित्व गर्छ । त्यसकारण कन्या राशी र मिथुन राशी भएका व्यक्तिले हरियो रंगले होली खेल्नु राम्रो हुन्छ ।

कर्कट राशी :  यो राशीको स्वामी चन्द्रमा हो । पहेँलो रंग वा केशरीले होली खेल्दा यो राशी भएका व्यक्तिलाई लाभ हुनेछ ।

सिंह राशी :  सिंह राशीको स्वामी सूर्य हो । यो राशी भएका व्यक्तिले रातो रंगले होली खेल्दा शरिरमा अत्याधिक उर्जा प्राप्त हुनुको साथै शरिरमा शक्ति संचार हुनेछ ।

धनु र मिन राशी :  यी दुई राशीको स्वामी गुरु हो । होलीमा यी दुई राशीले पहेँलो रंगले होली खेल्नु लाभ हुनेछ ।

मकर र कुम्भ राशी :  मकर र कुम्भ राशीको स्वामी शनिदेव हुन् । मकर र कुम्भ राशी हुने व्यक्तिले होलीमा नीलो, कालो, सेतो र खैरो रंगको प्रयोग गरेर होली खेल्दा लाभ हुनेछ ।

Must View