नागरिक पोष्ट News


कोरियन भाषा परीक्षाको आवेदन चैत ८ बाट खुल्ने, जेठ २५ र २६ गते परीक्षा

2.3K

काठमाडौँ । आगामी चैत ८ गतेदेखि कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको छ। कोरियाले सन् २०१९ का लागि नेपाली श्रमिकको कोटा निर्धारण गरेपछि भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको हो। 

कोरियाले सन् २०१९ मा नेपालबाट १० हजार ५० जना कामदार लैजाने भएको छ। जसका लागि आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको ईपीएस कोरिया शाखाले जनाएको छ। 

परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने पनि ईपीएस शाखाले जनाएको छ । परीक्षा काठमाडौँ र पोखरामा सञ्चालन हुनेछ।  परीक्षाका लागि २४ डलर शुल्क लाग्ने छ। जसका लागि १८ पुगेका तर ३९ वर्ष ननाघेका नेपालीहरुले आवेदन दिन सक्ने छन्।

आवेदन दर्ता गर्न https://eoers.epsnepal.gov.np/ मा गई अनलाईन फारम भर्न सकिने छ।

फारम भर्नका लागि राहदानीको फोटो भएको साईडको रंगिन स्क्यान जेपिजी इमेज फाइल, भर्खरै खिचिएको पासपोर्ड साईजको फोटो, इमेल ठेगाना र मोबाइल नम्बर  अनिवार्य रुपमा हुनुपर्ने ईपीएस शाखाले जनाएको छ। 

Must View