विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको घोषणा
1.6K
काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा आपराधिक संगठन भएको ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेकपा उकत पार्टीलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।विप्लव नेकपाले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।मन्त्रिपरिषद् बैठकले विप्लवका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको बताइएको छ।