सिके राउतको येस्तो भिडियो बाहिरियो, वास्तविकता के हो ? सक्दो शेयर गरौ !
सिके राउतले आफ्ना प्लान र नियतलाइ दर्साउदै बोलेको भिडियो येतिबेला भाइरल भैराखेको छ। । नेपालमा तराइलाइ छुट्टै राज्य बनाउन जनमत संग्रह गर्न सरकारलाइ सम्झौता गराउनुको पछाडी ठूलो राज लुकेको यो भिडियोमा देख्न सकिन्छ। । आउनुहोस भिडियो हेर्नुहोला र सक्दो शेयर गर्न नभुल्नुहोला:
केपि र प्रचन्डले देश डुबाउनै लागेका हुन त? प्रधानमन्त्री केपी ओलीकै उपस्थितिमा सरकार र सीके राउतबीच सहमति भएलगत्तै सत्ता पक्षकै नेता भीम रावलले सहमति राष्ट्रघाती भएको प्रतिक्रिया दिए । पार्टीको सिन्डिकेट तोडेर यो अभिव्यक्ति दिन रावलले देखाएको आँटलाई सकारात्मक मान्नुपर्छ । रावलको बोलीमा निहित उद्देस्य के छ थाहा छैन तर उनको प्रतिक्रिया यो सहमतिको भविष्यमा आउन सक्ने विम्ब हो । सीके राउतको नियतकै कारक हो । ओलीको अर्कण्यमताको परिणाम पनि हो ।
सम्झौतापछि सीके राउतले आफ्नो फेसबुक पेजमा लेखे –‘‘सरकार जनमत संग्रह गर्न राजी भएको छ । यो स्वतन्त्र मधेसको जित हो ।’’ बेलुका राउतका कार्यकर्ताले मधेसका विभिन्न भागमा ‘स्वतन्त्र मधेस’का नाममा दिपावली मनाए । केपी ओलीले देश टुक्य्राउने बीउ रोपेकै हुन् त ?
इतिहास सामान्य घटनाको असामान्य प्रभाव परेका कारण देशै टुक्रिएका उदाहरण छन् । युक्रेनको उत्तरी राज्य क्रिमिया ४ वर्षअघि टुक्यिाएर रुसले आफूतिर गाभ्यो । जनमत संग्रहका नाममा ९० प्रतिशतले भोट दिएको आधार देखाएर क्रिमिया टुक्य्राइएको थियो ।