नागरिक पोष्ट News


काभ्रेको बेथानचोकको सुन्दरता, हाइकिङका लागि प्रसिद्ध (फोटो फिचर )

3.6K

। बेथानचोक काभ्रेको रमणीय दृश्यले भरिएको गाउँपालिका हो । च्याम्राङबेसी, ढुंखर्क, चलाल गणेशस्थान, च्यासिङ खर्क र महांकालचौर गाउँ विकास समितिलाई समेटेर बेथानचोक गाउँपालिका घोषणा गरिएको हो ।१०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बेथानचोकको जनसंख्या २०६८ को जनगणनाअनुसार १४ हजार ३९८ रहेको छ । रमणीय र आकर्षक पर्यटकीयस्थलका कारण पछिल्लो समय बेथानचोकमा विदेशीसँग आन्तरिक पर्यटकको पनि आगमन बढेको छ ।

काभ्रेको ढुंखर्क महाभारत क्षेत्रमा यस वर्षको सबैभन्दा बढी हिउँ परेको छ । २०७५ साल २३ पुसपछि फागुन दोस्रो सातासम्म यहाँ हिउँ परेको थियो । काभ्रेकै फुल्चोकी, नारायणथानका टुप्पोमा हिउँ खेल्न हजारौं पुगेका थिए । बेथानचोक घुम्न जानेका लागि विभिन्न ठाउँमा होमस्टे खुलेका छन् । ती होमस्टेले स्थानीय तहमै उब्जनी भएका खानेकुरा पर्यटकका लागि बनाउने गरेका छन् । स्थानीय स्वाद भेटिने भएकाले पनि अहिले बेथानचोकमा घुम्न र हाइकिङ गर्न जानेका लागि उपयुक्त ठाउँ बनेको छ ।

Must View