कलियुगकै अन्त्य संसार ध्वस्त हुने : पशुपतिमा रहेको यो मूर्ति पूरै बाहिर निस्किएपछि
एजेन्सी / हिन्दुधर्मअनुसार ब्रहण्डमा जम्मा चार युग हुन्छन् । पहिलो सत्य युग, दोस्रो द्वापर युग, तेस्रो त्रेता युग र चौथो कलि युग । अहिले हामी भएको युग कलि युग हो । जसलाई चौथो र अन्तिम युग भनिएको छ ।कलि युगको अन्त्यसँगै संसार ध्वस्त हुने र नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको छ । तर, यो युगको समय पनि शास्त्र अनुसार फरक छन् । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।
हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको बताइन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्ती’ का रुपमा मानिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ ।तर पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् । श्रुयो मुर्र्ति जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको बताइन्छ ।
जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ । अर्थात यो मूर्ति पूर्णरुपमा बाहिर निस्किएपछि कलियुगको अन्य हुने विश्वास गरिन्छ । कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिन्छ ।पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्नेछन् ।