नागरिक पोष्ट News


नारी दिवसकै दिन,सरु : मलमुत्र खुवाएर मारिएको नारीको फोटो बोकेर प्रधानमन्त्रिकै सामन्ने उभिन्

2K

तामझाम देखाएर नारी दिवस मनाउनेलाई झापड, 

काठमाडौँ । संचारकर्मी दलित महिला अधिकारकर्मी सरु सुनार नारी दिबसको अबसरमा सबै भन्दा अन्यायमा परेका दलित नारी हुन् भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईन यो जानकारी उनको फेसबुक लाइव र स्टाटस अनुसार सामाजिक संजाल मार्फत सार्बजनिक गरेकी छिन उनि लेख्छिन :

नारी दिबसको अबसरमा सबै भन्दा अन्यायमा परेका दलित नारी हुन् भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, १०९ औं अन्तरास्ट्रिय नारी दिबसको मार्च ८ को अबसरमा सरु सुनारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी ध्यानाकर्षण पत्र बुझाएकी छु ।

नेपाली समाजमा अन्धबिस्वास , कुसंस्कार , कुरुति र प्रथा पंरम्पराका रूपमा रहेका बोक्सी , छाउपडी , छुवाछूत , जातीय बिभेदका घटनाहरु अधिकांश दलित महिलाहरु माथी घट्ने र सबैभन्दा पीडित नेपाली समाजमा दलित महिला हुन ।

पछिल्लो घटनाको डाटा अनुसार तीन जना महिला बलात्कार एक जना दलित महिला परेको र ३ जना बालिका बलात्कारबाट हत्या हुँदा एकजना दलित बालिका परेको भन्दै अपराधीको मनोबल पनि दलित समुदाय माथी प्रबल देखिएको र दलित महिलाका घटना दलितहरुका सवाल बन्ने अरुबाट सहयोग नपाएकोमा सारै दुख लाग्छ ।

आज नारी दिबस मनाइरहदा बोक्सिको आरोपमा मारिएको काभ्रेको लक्ष्मी परियार , रामेछापको सरिता दर्जीलाई दुइजना धामीले डामेको फोटो र फागुन १२ गते काठमाडौ कै भिमसेनथानमा बोक्सीको आरोपमा कुटिएकी रस्मि उपरकोटी ( मिजारको ) फोटो प्रधानमन्त्रीलाई देखाउदै यस्ता घटनामा दलित महिला बढी शिकार भएको भनी अपराधीलाई सख्त कारवाहीको माग गरेकी छु ।

हेर्नुहोस भिडियो :

Must View